arrow

सहमति तोड्दै दशगजामा नाली बनाउने भारतको पुनः तयारी

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ माघ १९ शनिबार
border-das-gaja-kanchanpur.jpg

पुनर्वास। कञ्चनपुरको पुनर्वासस्थित नेपाल भारत सीमाको दशगजामा भारतीय पक्षले एकपक्षीय रूपमा निर्माण गरिरहेको नाली र डिलको काम रोक्न यसअघि गरेको सहमति बिपरित पुनः काम अघि बढाउने तयारी सुरु गरेको छ। 

भारतीय पक्षले दशगजा क्षेत्रमा एकपक्षीय रूपमा पुर्वाधार निर्माण गरेपछि नेपालीहरूले विरोध गरेपछि रोिएको थियो। 

सशस्त्र सीमा सुरक्षा बल कैलालीको टोली र भारतीय सीमा सुरक्षा बलको सहमतिपछि रोकिएको काम पुनः सुरु गर्न लागिएको केही भारतीय मिडियाले उल्लेख गरेका छन् । हालै भारतीय अधिकारीहरुले सिमा क्षेत्रको अनुगमन समेत गरेका छन् ।

गतसाता भारतको गौरीफन्टामा बसेको नेपाल–भारतका सुरक्षा र वन पदाधिकारीको सर्वपक्षीय बैठकमा पूर्वाधारको काम तत्काल रोक्ने सहमति भएको थियो।

भारतीय पक्षले कञ्चनपुरको सीमा स्तम्भ १५३-१७१ नम्बरमा दुई किलोमिटरसम्म नाली निर्माणको काम अघि बढाएको हो । भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले तस्करी, लागूऔषध ओसारपसार तथा आपराधिक क्रियाकलाप रोक्न सिमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न लागेको बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ