arrow

झापामा बालमहोत्सवको रौनक 

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ माघ १९ शनिबार
children-expo-2019-jhapa.jpg

झापा। दमकमा जारी प्रदेशस्तरिय बालमहोत्सवमा अवलोकनकर्ताहरुको आर्कषण बढ्दै गएको छ। महोत्सव अवलोकनका लागि विभिन्न क्षेत्रबाट सर्वसाधारणहरु आउने क्रम बढ्दै गएको छ। बालबालिकालाई लक्षित गरी शुरु गरिएको बृहत बालमहोत्सवमा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको आयोजकले दावी गरेका छन्। दमक ९ स्थित सरस्वती माविमा विहिबारदेखि शुरु भएको बाल  महोत्वसमा दुई दिनको अवधिमा लगभग २० हजार विद्यार्थी तथा अभिभावकहरुको सहभागिता भईसकेको दमक नगरपालिका सामाजिक शाखाका प्रमुख डम्बर बरालले बताए।

बालमैत्री स्थानीय शासनका लागि बाल सहभागिताको सुनिश्चित गर्दै बाल सरोकारका विषयलाई साझा बनाउने उद्देश्यले शुरु गरिएको महोत्सवमा हाजिरी जवाफ, विज्ञान प्रदर्शनी, चित्रकला, गीत, नृत्य, निवन्ध, कविता लगायतका १० वटा विद्यामा प्रतियोगिता समेत भईरहेको प्रतियोगिताका उपसमितिका संयोजक टेकबादुर भण्डारीले बताए। हिसान झापाका अध्यक्ष शुरेस बहादुर पौडेलको प्रमुख आथित्यता  सन्चालन भएको दोस्रो दिनको कार्यक्रममा विभिन्न विद्याका प्रतियोगिताहरु सम्पन्न भएका छन्।

कार्यक्रमका क्रममा अध्यक्ष पौडेलले महोत्सवको प्रशंसा गर्नुका साथै प्रदेस एका मै नयाँ कार्यको थालनी भएको चर्चा गरे। कार्यक्रममा चित्रकला, हाजिरी जवाफ, गीत गायन, विज्ञान प्रदर्शनिमा समेत उल्लेख्य विद्यार्थीले भाग लिएका छन्।

कार्यक्रममा आज प्रखर वक्ता रमेश प्रसाईं, गिनिजबुकमा रेकर्ड राख्न सफल थानेश्वर राई १ सय ५० भन्दा बढी चराको आवाज निकाल्न सक्ने प्रतिवान युवा रमेश दुलालको उपस्थिति हुने आयोजकले जानकारी दिएको छ। महोत्सव माघ २१ गतेसम्म चल्ने छ।

Image may contain: one or more people, crowd and outdoor

Image may contain: one or more people, crowd and outdoor

No photo description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ