arrow

२०२५ मा तीन चौथाइले मोबाइलबाट मात्र चलाउँछन् इन्टरनेट

logo
एजेन्सी
प्रकाशित २०७५ माघ १९ शनिबार
internet_via_smartphone.png

काठमाडौं । सन् २०२५ सम्म विश्वका तीन चौथाई मानिसले स्मार्टफोनबाट मात्र इन्टरनेटको प्रयोग गर्ने एक अध्ययनले देखाएको छ । सो अवधिसम्म समग्र प्रयोगकर्ताको ७२.६ प्रतिशत अर्थात् करिब ३ अर्ब ७० करोड मानिसले मोबाइलबाट इन्टरनेटको प्रयोग गर्नेछन् ।

वर्ल्ड एड्भटाइजिङ रिसर्च सेन्टर (डब्ल्यूएआरसी)ले सार्वजनिक गरेको विवरणअनुसार केवल १ अर्ब ३० करोड मानिसहरुले त्यतिबेला कप्युटर र स्मार्टफोन दुवैबाट इन्टरनेट चलाउनेछन् । ६ करोड ९० लाख मानिसले मात्र कम्प्युटरबाट मात्र इन्टरनेटको प्रयोग गर्नेछन् । 

अहिले विश्वभर करिब २ अर्ब मानिसले स्मार्टफोनबाट मात्र इन्छरनेटको प्रयोग गरिहेका छन् । यो समग्र इन्टरनेट प्रयोगका ५१ प्रतिशतको हिस्सा हो । स्मार्टफोनबाट इन्टरनेट प्रयोग विशेषगरी चीन, भारत, इन्डोनेसिया, नाइजेरिया र पाकिस्तानमा उल्लेख्य बढिरहेको छ । यद्यपि सन् २०२५ सम्म यी क्षेत्रमा आफ्नो मोबाइल नहुने जनसंख्या २ अर्ब ४० करोड रहनेछ । 

अहिले देखिएको तथ्यांकले स्मार्टफोनको माध्यमबाट गरिने व्यवसायमा निकै ठूलो अवसर रहेको देखाएको छ । सन् २०१८ मा मोबाइल एपमा १ खर्ब १ अर्ब डलर खर्च भएको एस एन्नीले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । जुन खर्चमा चीनको हिस्सा ४० प्रतिशत छ । जसमा भुक्तानीसहितको डाउनलोड, एप खरिद, र सस्क्रिब्सन शुल्क पनि समावेश छ । जसमध्ये धेरैजसो रकम गेमिङका लागि खर्च गरिएको थियो । 

पाँचौं पुस्ताको प्रविधि वा ५जी यसै वर्षबाट शुरु हुनेछ । यसले डाउनलोडको गति बढाउनेछ । यसको अर्थ स्मार्टफोनबाट निकै गुणस्तरका भिडियो सहजै हेर्न सकिन्छ । केही समयअघि लस भेगासमा भएको कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा मोबाइल कम्पनीहरुले आफ्नो ५जीबारे केही योजना सार्वजनिक गरेका थिए । जसमा भेरिजोनका सीईओ हान्स भेस्टवर्गले ४जीको तुलनामा ५ जी निकै ठूलो तथा महत्वपूर्ण विकास रहेको बताएका थिए । 

अघिल्लो साता आईबीएम र भोडाफोनले पनि युरोपलाई ५जी चीन र अमेरिकाकै हाराहारीमा ल्याउनकालागि सहकार्य गरेर काम गर्ने घोषणा गरेका थिए । 

मोबाइल भर्सेस टीभी 

अहिलेको गति कायम रहेको खण्डमा सन् २०१९ को अन्तिमसम्ममा कम्पनीहरुले टीभीबाट भन्दा स्मार्टफोनबाट आफ्ना उत्पादनको प्रचार गर्नेछन् । विशेषगरी अमेरिका, बेलायत, चीनलगायतका १२ मुलुकमा गरिएको अध्ययनको क्रममा यस्तो पाइएको हो । सन् २०१८ मा व्यवसायीहरुले स्मार्टफोनको माध्यमबाट गरिने विज्ञापनका लागि १ खर्ब ३७ अर्ब डलर खर्च गरेका थिए । यो प्रति प्रयोगकर्ता ३५.३६ डलरको खर्च हो । 

सन् २०१८ को मार्चमा गरिएको सर्वेक्षणमा विशवका धेरै क्षेत्रमा सामाजिक सञ्जालको माध्यमबाट गरिने विज्ञापन निकै लोकप्रिय बन्दै गएको देखिएको थियो । जसमा दोस्रो नम्बरमा भिडियोको माध्यमबाट गरिने विज्ञापन रहेको पाइएको थियो । 

स्मार्टफोन चलाउने समय कम्प्युटरबाट इन्टरनेट चलाउँदाको तुलनामा बढी छ । यस वर्ष मानिसहरुले स्मार्टफोनमा दैनिक ३ घण्टा २२ मिनेट समय खर्चिने अनुमान छ । पहिलोप टक यो समय कम्प्युटर, ल्यापटप वा ट्याबलेटभन्दा बढी हुन लागेको हो । यी डिभाइसमा भने मानिसले दैनिक ३ घण्टा १९ मिनेट समय इन्टरनेटका लागि खर्च गर्ने गर्छन् । 

मानिसहरुले आफ्नो फोनमा बढी समय खर्चिन थाले पनि विज्ञापनदाताहरुका लागि भने ब्लकिङ एक चिन्ताको विषय बन्न पुगेको छ । अमेरिकाका २४ प्रतिशत मानिसले सन् २०१८ को पहिलो छ महिनामा आफ्नो मोबाइल फोन ब्लकरको प्रयोग गरेका थिए । स्पेन, बेलायत र जर्मनीमा पनि २१ प्रतिशतले यसको प्रयोग गरेका थिए । जसमध्ये धेरैजसो एड–ब्लकिङ एपको रुपमा स्मार्टफोनमा राखिएको थियो । 

मानिसले मोबाइलमा दिने समयका साथै विज्ञापनका लागि गरिने खर्च पनि बढ्दो क्रममा छ । तर, वास्तवमा कति मानिसले सबै विज्ञापन हेर्छन् भन्ने प्रश्न निकै महत्वपूर्ण छ । विश्वमा आधा मोबाइल डिस्प्ले एड (भिडियोबाहेक)ले न्यूनतम मापदण्ड पूरा गरेका छन् । ती आधा विज्ञापन निरन्तर एक सेकेण्ड हेरिने गरिएको एक तथ्यांकले देखाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ