arrow

हलिया बस्तीमा चरम खानेपानी समस्या

logo
दयाराम पण्डित,
प्रकाशित २०७५ माघ १९ शनिबार
tap-water.jpeg

बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकको साहस बस्तीमा बसोवास गरिरहेका हलिया परिवारले खानेपानीको चरम समस्या झेलिरहेका छन्। 

२०६७ सालको बाढीपहिरोबाट प्रभावित दलित हलिया परिवारलाई अहिले खानेपानी लगायत अन्य समस्या रहेको छ। गाउँमा आउनलाई बाटो समते नरहेको र खानेपानीको समस्या भएको स्थानिय कुसुमकला लुवारले बताइन।

विगतमा सहयोगि संस्थाले घर बनाइएको दिएको र अन्य आवश्यक सामग्रीको समेत जोहो गरिदिएको भए पनि अहिले समस्यामा रहेको स्थानिय मणी नेपालीले बताए।

खानेपानी नभए पछि महिला र वालवालिकालाई समस्या भएको उनको भनाई छ। पानी ल्याउनका लागि त्यहाँका ७ परिवारका दलित समूदायलाई कहिले मटेला कहिले खोलामा जानुपर्ने वाध्यता रहेको लालदेवी नेपालीले बताइन।

२०६७ सालको बाढीले पिपलडाली क्षेत्रमा ठुलो धनजनको समेत क्षति भएको थियो। पानी धाराको लागि सम्बद्ध निकायमा पटक पटक माग गरेको तर सुनुवाई नभएको गुनासो उनीहरुको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ