arrow

सोलुखुम्बुमा गगन र बलबहादुरले काँग्रेसमा भित्र्याए डेढसय नेकपा कार्यकर्ता

logo
प्रकाशित २०७५ माघ २० आइतबार
solukhumbu_entry.jpg

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका नेकपाका झण्डै डेढ सय कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । तत्कालिन माओवादीका जिल्ला सदस्य ढलबहादुर मगर, शुक्र राई, प्रकाश मगर लगायत करिब डेढ सय कार्यकर्ताहरु शनिबार जिल्लामा आयोजित एक विशेष कार्यक्रमकाबीच काँग्रेसमा प्रवेश गरेका हुन् । 

गाउँपालिकाको बासा दाम्कुमा आयोजित बृहत आमसभालाई पूर्व स्वास्थ्यमन्त्री एवं काँग्रेस नेता गगन थापाले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सरकार दुई तिहाईको दम्भ बोकेर एकलौटी रुपमा अघि बढेको आरोप लगाए । थापाले दम्भी वर्तमान सरकार एकपछि अर्को भ्रष्टाचारमा डुब्दै गएको समेत आरोप लगाए । 

‘यो सरकारसँग को खुसी छ रु कोही छैन ।’ प्रधानमन्त्री संसदमा बोल्दै गर्दा नेकपाकै सांसदलाई टेवल ठोक्न लाज लागेको दृष्यले सरकारले कस्तो काम गर्दैछ भन्ने कुरा प्रष्ट भएको थापाको भनाई थियो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गर्नु, निर्मला पन्त बलात्कारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्नुलगायतका कारण सरकार जनमूखी निर्णयबाट भाग्दै गरेको अनुभूति जो कोहीलाई हुन थालेको थापाले बताए।

कांग्रेस गरिब भएर जनतालाई धनी बनाउन चाहने पार्टी भएको उनले दाबी गरे । पार्टीले नेता तथा कार्यकर्तालाई मिलाएर लैजाने कुरामा कुनै शंका नगर्न आग्रह गर्दै नेता थापाले अर्को निर्वाचनमा सोलुखुम्बु जिल्लाका आठ वटै स्थानीय तहमा विजयी हुने किसिमले गतिविधि सञ्चालन गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री बलबहादुर केसीले जनप्रतिनिधिकै संलग्नतामा स्थानीय तहमा भष्ट्राचार मौलाएको बताएका छन् । नेता केसीले स्थानीय तहमा मौलाएको गलत प्रवृत्तिको रुपमा पार्टी र भातृसंस्थाहरुलाई विरोध र दबाबका कार्यक्रम संचालन गर्न निर्देशन समेत दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ