arrow

नागरिकको शिर ठाडो राख्ने काम सरकारले गर्छ –प्रधानमन्त्री

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2025173570.jpeg
काडमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानले प्रमुख संरक्षकका हैसियतमा मंगलबार संस्थाको प्रतीक चिह्न हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको टोलीले प्रतीक चिह्न प्रदान गर्दै संस्थाको समग्र स्थिति र भावी योजनाबारे जानकारी गराएको थियो । 

प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाका अनुसार त्यस अवसरमा प्रधानमन्त्री ओलीले देशको सङ्गीत, कला र संस्कृतिको संरक्षणका लागि स्रष्टाको अहम् भूमिका हुने बताएका थिए । 

प्रधानमन्त्री ओलीले नयाँ संविधानमा सबै पक्षको अधिकारको सवाल समेट्ने प्रयास गरिएको बताउँदै सरकारले स्रष्टा र समग्र नागरिकको शिर ठाडो राख्ने गरी काम गर्ने वचनबद्धता प्रकट गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ