arrow

व्यवसायी सुमन साह भन्छन् – मलाई गरी खान दिइएन

logo
युबराज रेग्मी, 
प्रकाशित २०७५ माघ २२ मंगलबार
suman-shah.jpg

झापा । झापा जिल्ला गौरादह नगरपालिका वडा न १ निवासी सुमन नायकका छोरा श्याम सुन्दर नायक एक घरेलु उद्योग व्यवसायी हुन् । गौरादह बजार पूर्व आफ्नो घर परिसरमै उनको एउटा घरेलु फर्निचर उद्योग छ । 

नेपाल सरकार उद्योग मन्त्रालय  घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर नगरपालिका उद्योग विकास शाखा भद्रपुर झापामा दर्ता गरि सन्चालन रहेको ब्यबसायप्रति आफ्ना छिमेकीले पूर्वाग्रह राखी ब्यबसायले आफूहरुलाई कोलाहल भएको भनी वडा कार्यालयमा उजुरी दिएका थिए । 

उजुरी दिनेमा छिमेकी चुडामणि ढकालको उजुरी उपर छलफलमा सामेल हुन वडा कार्यालयले उनलाई माघ २१ गते वडामा उपस्थित हुन पत्राचार नै गर्यो । आफुलाई वडाले दिएको पत्रउपर छलफलमा सामेल हुन उनी सोमबार २१ गते छलफलमा सामेल भए । 

वडाले एकलौटी ढङबाट निर्णय गरि उनलाई उक्त कारखाना १ महिनाको समयसिमा तोकि  अन्यत्र सार्न भनी निर्णय समेत गरि पठाइएको छ । 

वडाले ब्यबसाय रहेको स्थानमा स्थलगत सरजिमिन समेत नगरी हतार हतारमा निर्णय गरेको उनको आरोप छ । आफुले  ब्यबसाय सन्चालन गर्न अनुमती लिएको जग्गामा ऐले बाली लगाइएको र उचित समयमा उक्त स्थानमा ब्यबसाय सार्ने योजना हुँदा हुँदै तुरुन्त ब्यबसाय सार्न कडाइका साथ धम्की दिँदै यदि ब्यबसाय सार्न नामन्जुर रहे एकदिनमै ब्यबसाय सिज गरिदिने सम्मको त्रास उनलाई निबेदक चुडामणि ढकालले दिएको व्यावसायी स्याम सुन्दरको गुनासो छ ।  

आफुले हाल आफ्नो घर परिसरमै अस्थाइ रुपमा सन्चालन गरि आएको ब्यबसाय प्रती  पुर्बाग्रह राखिनु एकदमै निन्दनिय रहेको स्याम सुन्दर बताउँछ्न् ।   

हाल उनि आफूसहित २ जना कामदारलाई रोगगारी समेत दिई ब्यबसाय सन्चालन गरि आफ्नो परिवार चलाउँदै आएका छन ।

उनको परिवारमा आफ्नो बुवा सुमन नायक, आमा  निरन्जन नायक, भाइ बुहारी र छोराछोरी सहित जम्मा १० जनाको परिवार उक्त ब्यबसायबाट  जिबिकोपार्जन गर्दै आएका छन् ।

बिगत १० बर्षदेखि साबिक तोपगाछीबाट बसाइ सरि स्थायी रुपमा उक्त ठाउँमा  बसोबास गर्दै आएका छन् । एक बर्षअघि  आफुले एउटा सामन ढुवानी गर्ने क्यारियर चलाए । साधन चलाउन ड्राइभर राखी चलाउने गरेकोले आम्दानीले आफ्नो परिवार धान्न धौधौ भयो  यस्तो परिस्थिती आइपर्दा आफै उक्त  सबारी चलाउन मनसाय जाग्यो ।

सबारि चलाउन पनि आफुलाई आएता पनि अनुमती पत्र नभएकोले  उक्त केरियर बेची हाल उनी घरेलु स्टिल फर्निचर उद्योग दर्ता गरि सन्चालन गर्दै आएका हुन् ।

यसरी जिबिकोपार्जनका लागि पटक पटक ब्यबसाय परिबर्तन गरि हैरान भएका  श्यामसुन्दर ऐले चिन्तित बनेका छन् । 

आफुलाई हाल सन्चालन गर्दै आएको व्यबसाय चलाउने बाताबरण मिलाइदिन उनी आफ्नो दुःखेसो पोख्दै निरास चेहराका साथ चोक चोकमा न्यायको लागि हात फैलाउँदै हिड्न थालेका छन् । 

यसरी रोजगारीमुलक जिबिकोपार्जनको ब्यबसायलाई स्थानिय सरकारले प्रोत्साहन गरिनुको सट्टा ब्यबसाय सन्चालनमै अन्योलताको बाताबरण  सिर्जना गरिनुलाई वडा कार्यालयले पनि पुर्बाग्रह राखेको श्याम सुन्दरको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ