arrow

विदाको दिन सरकारी गाडी नचलाउन 'सिडीओ'को निर्देशन

logo
दयाराम पण्डित,
प्रकाशित २०७५ माघ २२ मंगलबार
bajura-cdo.jpg

बाजुरा । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बिदाको दिन सरकारी सवारी साधान  नचालाउन  बाजुराका नौवटै  स्थानीय तहलाई निदर्शेन दिएका छन् ।  जिल्ला प्रशासन कार्यालय बाजुराद्वारा आईतवार दिउसो  प्रेसित चलानी नंम्वर १५७५ को पत्रमा  विदाको दिन सरकारी सवारीसाधान नचलाउन  उल्लेख गरिएको छ ।

देशका विभिन्न भागमा पछिल्लो समयमा सरकारी यातायतका सााधान आगजनी  तोडफोड भएकोले  विदाको  दिन सरकारी यातायात साधान नचलाउन निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी बरालद्धारा हस्ताक्षेरित पत्रमा उल्लेख छ ।   अत्याआवस्यक कामको औचित्यता हेरी यदि चलाउनै  मनासिव कारण भए जिल्ला प्रशासन कार्यालय बाजुराको अनुमती लिएर मात्र चालाउन सकिने पत्रमा उल्लेख छ ।
     
“सरकारी सम्पतिको दुरुपयोग नहोस भन्नका लागि सबै तहमा जानकारी गराउको छु , नियमको  पालना सबैले गर्नुहनेछ। ” प्रजिअ बरालले भनेका छन् । यदि सार्वनजनिक विदाको दिन सरकारी सवारी साधान चलाएको पाईएमा के कारवाही गर्नुहुन्छ ? भन्ने जिज्ञाषामा प्रमुख जिल्ला अधिकारी बरालले भने “ आवश्यकता अनुसार कारवाही हुन्छ ।”

 सार्वजनिक विदाका दिन सञ्चालन हुने सरकारी सवारी  साधानहरुको कडाईका साथ निग्रानी गर्नहुन भनि  जिल प्रहरीकार्यालयलाई बोदार्थ आएको छ  ।  बिदाका दिन सरकारी सवारीसाधान  चलाएको भेटाए  तपाई  केगर्नुहुन्छ ? भनि सोधेको प्रश्नमा प्रहरी नाायब उपरिक्षक उद्धबसिंह भाटले भने“ गाडी रोकाउँछौं चाबि हामी लिन्छौं । ”
 
जिल्लामा सरकारी कर्मचारीले  विभिन्न बहानामा सरकारी साधानको दूरपयोग भईरहेको बेला  विदाको दिनमात्र सरकारी सवारी साधान नियन्त्रण गर्नसके आर्थिक मितब्ययीताका साथ सरकारी सम्पत्तीको दुरुपयोग नहुने स्थानीयको भनाई छ । यद्येपी प्रशासनको निर्णय सम्बद्ध निकायले कार्यन्वयन गर्न नागरिक अगुवाको  सुझाव छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ