arrow

'अबको तीन बर्षमा प्रदेश ५ का प्रत्येक स्थानीयको घरघरमा खानेपानी'

logo
कौरव खत्री,
प्रकाशित २०७५ माघ २२ मंगलबार
khanepani.jpg

गुल्मी  । गुल्मीको मुसिकोट नगरपालिका १ मा छोरधारा बाँङ्गे लिफ्टीङ्ग खानेपानी आयोजनाको मंगलबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । १ सय ६९ घरधुरीलाई एक घर एक धाराको अभियानमा जोड्ने गरी सो योजनाको प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उद्घाटन पछि बोल्दै सासंद श्रेष्ठले प्रदेश सरकारले अबको तीन बर्ष भित्रमा प्रत्येक प्रदेशबासीको घरघरमा खानेपानी पुर्याउने उद्घोष गरे । खानेपानीको व्यवस्थापन सँगै प्रदेशमा अन्य धेरै बिकासका कामहरु सुरु भइरहेको भन्दै उनले खानेपानीको सदुपयोग गर्न आग्रह गरे । उनले पुराना मुलहरुलाइ सुक्न नदिन आग्रह गर्दै खानेपानीका मुल तथा अन्य प्राकृतिक श्रोतको सदुपयोगमा ध्यान दिन सबैलाइ आग्रह गरे ।

कार्यक्रममा बोल्दै बिशेष अतिथि प्रदेश सभा सदस्य खड्ग केसीले अबको समय राजनैतिक लडाइमा भन्दा पनि बिकासका लडाइमा लाग्ने समय आएको बताए । नेपालको भौगोलिक बनावटले गर्दा पनि बिकासका कामहरु गर्न केही असहज भइरहेको भन्दै उनले सबै मिलेर देश निर्माणमा जुट्नुपर्ने दिन आएको बताए ।
 
उनले फरक प्रसँगमा पहिलेका पुर्खाहरु निकै बैज्ञानिक भएको भन्दै उनीहरुले बनाएका पानी पौवा, पोखरीहरुको संरक्षण आवश्यक रहेको बताए । अब तीन वटै सरकार मिलेर देश बिकास गर्नुपर्ने उनको भनाइ छ । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले बिस्तारै नगरक्षेत्र भित्रका हरेक घरघरमा पानी पुर्याउने गरी कामहरु भइरहेको जानकारी दिदै बिकासका अन्य कामहरु प्नि सञ्चालन गरीरहेको जानकारी दिए ।

सो अवसरमा नेपाली कांग्रेस जिल्ला सचिब बिष्णु कुमारी सापकोटा, फिनल्याण्ड सरकारको तर्फबाट खानेपानी आयोजनाका प्रमुख प्राविधिक सल्लाहकार डा. सान्ना लीना राउटेनन लगायतले कुरा राखेका थिए । उद्घाटन कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरी बहादुर थापाको अध्यक्षता रहेको थियो भने प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठ, प्रदेशसभा सदस्य खड्ग केसी, मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा लगायतको उपस्थिती रहेको थियो । भने सञ्चालन खानेपानी आयोजना उपभोक्ता समितिका सचिब देवेन्द्र गुरुङ्गले गरेका थिए ।

मंगलबार उद्घाटन भएको खानेपानी आयोजनाले वडा कार्यालय, तीन बिद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी सहित १ सय ६९ परिवारलाइ लाभान्वित गराउनेछ । पश्चिमनेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरण अन्तर्गत नेपाल सरकार र फिनल्याण्ड सरकारद्धारा संयुक्त रुपमा सो खानेपानी आयोजना सम्पन्न गरीएको हो । नेपाल सरकारको ५० लाख १४ हजार १ सय ३९ तथा फिनल्याण्ड सरकारको ५० लाख १४ हजार १ सय ३९ रुपैया, मुसिकोट नगरपालिकाको अनुदान १३ लाख ९२ हजार ८ सय १६ तथा २५ लाख ७ हजार ६९ स्थानीय उपभोक्ताको नगद तथा जनश्रमदान गरी कुल १ करोड ३९ लाख २८ हजार १ सय ६४ को लागतमा सो कार्यक्रम सम्पन्न गरीएको हो ।

सोमबार मात्रै मुसिकोट २ देउरालीमा १९६ घरधुरीलाइ खानेपानीको पहुँच पुर्याउने गरी जलकुने सौरपाटा खानेपानी आयोजनाको पनि सासंद श्रेष्ठ सहितको टोलीले उद्घाटन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ