arrow

पेस्तोलसहित भारतीय युवक पक्राऊ 

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
pistol.jpg.jpeg

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाबाट पेस्तोलसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला सोनवर्षा थाना दोस्तिया ग्राम पञ्चायत वडा नं १३ का २० वर्षीय सुनिल कुमार मण्डल रहेका छन् । 

उनलाई मेड इन यूएसए लेखिएको एक थान पेस्तोलसहित मलङ्गवा नगरपालिका–९ स्थित ओम पेट्रोल पम्प नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

सुराकीबाट सुराक प्राप्त भए पश्चात सिभिल गस्तीमा खटिएको गस्ती टोलीले युवकलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्ने क्रममा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक शमरबहादुर श्रेष्ठले जानकारी दिए । 

सशस्त्र प्रहरीले ती युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा सर्लाहीमा बुझाएको छ ।

युवकले पैसा पाउने प्रलोभनमा अर्कै व्यक्तिको पेस्तोल ल्याइदिएको प्रहरीलाई बयान दिएका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए । उनले थप सोधखोज गर्ने काम भैरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ