arrow

सहमती विना वडा कार्यालय सार्दा स्थानीय आक्रोशित

logo
जनक बोहरा,
प्रकाशित २०७५ माघ २३ बुधबार
budhiganga_nagarpalika_map.png

बाजुरा । स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष वित्न लागेको छ । स्थानीय तहका निर्वाचित भएका जनप्रतिनिधीहरुले भने जनतालाई सहज रुपमा सेवा प्रदान गर्न निर्वाचन गरिए पनि जिल्लाका निर्वाचित जनप्रतिनिधीहरुले भने जनतालाई दुःख दिने कार्य गरेको प्रति स्थानीयबासीहरु आक्रोसित बन्दै गएको पाइएको छ ।

जिल्लाको बुढीगंगा नगरपालिका–२ र ३ को वडा कार्यालय एकाएक वडा कार्यालय वडाबासीसंग छलफल नै नगरी अन्यत्र सारिएको प्रति स्थानीयबासी आक्रोसित भएका छन् ।  बुढीगंगा नगरपालिका २ र ३ का वडा अध्यक्षहरुले वडाबासीहरुसंग वडा कार्यालय सार्ने विषयमा कुनै छलफल नै नगरी एकाएक मंगलबार कार्यालय सारिएको प्रति आपत्ती जनाएको वडाका स्थानीय रामप्रसाद उपाध्यायले बताए।

उनले स्थानीय तहको निर्वाचनपछि गाउँमै सिंहदवार आउने भन्ने सुनेको थिए,तर सिंह मात्र आएको महसुस भएको उपाध्यायको भनाई रहेको छ । सहज रुपमा वडाका कार्यालयको सेवा लिने ठाउँबाट अध्यक्षद्धयले आफु अनुकुल भएको ठाउँमा वडा कार्यालय सारेको दुवै वडाका स्थानीयबासीले आरोप लगाएका छन् ।

बुढीगंगा नगरपालिका २  र ३ को वडा कार्यालय साविकको ब्रह्मतोला गाविसको भवनमा दैनिक कामकाज संचालन हुदै आएको भएपनि मंगलबार एकाएक वडाध्यक्षले सबैलाई उपयुक्त ठाउँबाट करिव आधा घण्टाको दुरीको बाटो हिडेर सेवा लिन जानु परेको बुढीगंगा नगरपालिका २ का स्थानीय अगुवा खडकराज जोशीले बताउनु भएको छ ।

वडाध्यक्ष खडक अधिकारी र हिरालाल थापाले मनोमानी रुपमा वडा कार्यालय  सार्नु नै गल्ती भएको जोशीको भनाई रहेको छ । वडा कार्यालय सार्न बारेमा दुवै वडाबासीसंग सहकार्य र छलफल र वडा पालिकाको निर्णय विनै सार्नु जनताको हित विपरित कार्य भएको स्थानीयहरुको आरोप रहेको छ ।

वडाका २ र ३ को कार्यालय पुरानै ठाउँमा नल्याइए धर्ना र विरोध  र वडा कार्यालयबाट दिने सेवा सुविधा समेत नलिने कार्यक्रम गर्ने वडाबासीहरुको भनाई रहेको छ । वडा सबैको उपयुक्त ठाउँमा नल्याइए वडालाई नागरिकता र मतदाता परिचय पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाउने वडा नं ३का स्थानीय जयराज उपाध्यायले बताए ।

यता २ नं का वडा अध्यक्ष हिरालाल थापाले वडाबासीको सहमतीमा वडाको सेवा लिन उपयुक्त ठाउँमा सार्ने सहमतीमा नै वडा नं २ को वडा कार्यालय सारेको बताउनु भएको छ । वडा नं ३ का वडा अध्यक्ष खडक अधिकारीलाई सम्पर्क गर्दा वडा सारिएपछि सम्पर्क विहिन भएका छन् । वडा कार्यालय सारेको बारेमा गुनासा आउने भएकाले उहाँ सम्पर्क विहिन भएको बताइएको छ ।

बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाहले भने वडा कार्यालय सार्ने बारेमा नगरपालिकामा कुनै जानकारी नभएको बताउनु भयो । उनले वडा साजर्न बारेमा नगर कार्यपालिकाको बैठकमा समेत  कुनै जानकारी  नभएको नगर प्रमुख शाहको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ