arrow

प्रयागराजको कुम्भ : आस्थाको मात्रै होईन प्रविधिको समेत कुम्भमेला

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
hightech__kumbha_mela.jpg

काठमाडौं । २०१९ मा प्रयागराजमा भएको कुम्भ मेला केवल आस्थाको लागि मात्रै सीमित छैन। सामान्यतया हिन्दूहरुको यस्ता मेलामा प्रविधिको कम प्रयोग हुने कमजोरीलाई चिर्दै तामझामका साथ प्रविधिको प्रयोग गर्दै कुम्भ मेला चलिरहेको छ । यहाँ प्रविधिको प्रयोग यस्तो छ कि जहाँको प्रविधि देखेर दुनियाँ चकित भएका छन् । यो महाकुम्भ मेला प्रविधिको लागि समेत महाकुम्भको रुपमा अघि बढाईएको छ । कुम्भ मेलाको यो वर्ष त्यहाँ आउने श्रद्धालुहरुको लागि हुने जस्तासुकै समस्यालाई पनि समाधानको लागि नयाँ प्रवन्ध गरिएको छ। यो कुम्भमा गरिएको प्रविधिको प्रयोगले त्यहाँ आउने समस्या समाधानको लागि सक्दो मद्दत गरेको छ । स्वच्छतादेखि लिएर कुम्भको प्रवन्धनसम्म करिब करिब सबै क्षेत्रको प्रवन्धनको लागि नयाँ प्रविधिको प्रयोग गरिएको छ । 

प्रयागराजको प्रवन्धनको हरेक क्षेत्रमा अहिले प्रविधिको भरपुर प्रयोग गरिएको छ । ट्राफिक कन्ट्रोल, सामाजिक सञ्जालको ब्रायिडङ, भीड नियन्त्रण, चिकित्सालयसँगै तमाम क्षेत्रहरु प्रविधि मैत्री छन् । प्रयागराजको कुम्भ मेलामा पहिलो पटक बैङ्किङ ट्रान्ज्याक्सनको लागि डिजिटल वालेट तथा अनलाइन पेमेन्ट एप्लिकेसन्सको भरपुर प्रयोग गरिएको छ । यसको अलावा कुम्भ मेलामा यो वर्ष तमाम क्षेत्रमा सरकारी तथा निजी बैंकहरुको तमाम मोबाइल सेवासँगै बैकिंग सुविधाहरु समेत दिइन्छ । 

कुम्भ मेलामा यस पटक पहिलो चोटी पेटीएम तथा गूगल(पे जस्ता एप्लिकेसन्स मार्फत् तमाम पसलहरुमा भुक्तानीको सुविधा समेत दिइएको छ । सोही मेलामा टेन्ट तथा डोरम्याटको लागि समेत अनलाईन बुकिङको व्यवस्था गरिएको छ । त्यस्ता सामानहरु मोवाईल तथा एप्लिकेसनहरुबाट समेत बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ । 

३६० भर्चुअल ग्यालरी तथा मोबाईल लाइभ टेलिकास्ट
देशभरमा आजसम्म भएको सबैखालका कुम्भमेलाको कुरा गर्ने हो भने प्रयागराजको कुम्भका श्रद्धालुहरुको लागि पहिलो पटक ३६० डिग्री भर्चुअल रियालिटी कियोस्कको व्यवस्था गरिएको छ । यसको लागि कुम्भ मेलाको क्षेत्रमा अलग अलग स्थानमा कूल ६ वटा भर्चुअल विआर सेन्टर बनाईएको छ । यसको अलावा पहिलो पटक कुम्भ मेलाको आधिकारिक आधिकारिक ट्विटर हेण्डल तथा इन्स्टाग्राम पेजमा शाही स्नान, पेशवाई तथा आरतीको लाइभ ब्रोडकास्ट समेत गरिएको छ । 

सामाजिक सञ्जालको हाइटेक सेल 
प्रयागराज कुम्भ मेलाको लागि पहिलोपटक सामाजिक सञ्जालमा तमाम पेजको शुरुवात गरिएको छ। कुम्भ मेलासँग जोडिएको पेजका लागि कैंयौं ह्यासट्यागको प्रयोग गरी विश्वभर यसको ब्राण्ड बनाईएको छ । सरकारको यस व्यवस्थाको प्रभाव सो समयमा देख्न सकियो जव शाही स्नानको दिन शाही स्नानसँग जोडिएको विषयको ह्यासट्याग ट्वीटर र फेसबुकमा समेत ट्रेन लिष्टको पहिलो स्थानमा देखियो । 

पहिलोपटक एरियल भ्यू तथा यति धेरै क्यामेराको प्रयोग
कुम्भमेलामा पहिलो पटक यति धेरै  संख्यामा मोबाइल क्यामेराको समेत प्रयोग गरिएको छ ।मेलामा यस पटक फोन क्यामेराको मद्दतले तमाम भिडियो शेयरिङ साइट्समा अखाडाहरु तथा स्नानको भिडियोहरु शेयर भइरहे । यसको अलावा शाही स्नान तथा अन्य स्नान तिथीमाथि देश-दुनियाँबाट आएका मानिसहरुले आफ्नो आफ्नो मोबाइलको क्यामेराबाट नै कुम्भको तमाम परिघटनाहरुलाई समेट्ने प्रयास गरेका छन् । यसका अलावा तमाम ड्रोन क्यामेरा तथा हेलिकप्टरको मद्दतबाट पहिलो पटक कुम्भको एरियल भ्यू तस्वीरहरु आम मानिसले देख्न पाए  

सिविल इन्जिनियरिङको बेजोड प्रदर्शन
कुम्भ मेलामा यस पटक करिब ३२०० हेक्टर क्षेत्रमा मेला क्षेत्रको २० सेक्टरहरुको निर्माण गरिएको छ । यी क्षेत्रमा १२ करोड मानिसको लागि ५ हजार भन्दा बढी अस्थायी क्याम्पहरु बनाइएको छ । यसको अलावा मेला क्षेत्रमा २२ अस्थाई पुल तथा करिब २५० किलोमिटर सडकको निर्माण गरिएको छ । 

स्वयंसेवक र प्रहरीको हाइटेक व्यवस्था
कुम्भ मेलामा पहिलो पटक प्रहरीको लागि समे हाइटेक कमाण्ड तथा कन्ट्रोल सेन्टरको निर्माण गरिएको छ । २४० करोड रुपैयाँभन्दा ज्यादा लागतमा बनेकोको लागि कुम्भलाई सीसीटीभी मनिटरिङ्गको समेत व्यवस्था गरिएको छ । यसको अलावा कुम्भ मेलामा पहिलोपटक श्रद्धालुहरुको लागि डिजिटल प्रविधिबाटै हराएका व्यक्ति खोज्ने व्यवस्था समेत गरिएको छ । जसका कारण आयोजनको पहिलो  २० दिनमा नै १० हजारभन्दा बढी मानिसहरु उनीहरुको परिवारजनलाई सजिलै खोज्न सफल भएका छन् । यसको अलावा प्रहरीका अधिकारीहरुले सामाजिक सञ्जालमा तमाम सर्कुलर, ट्राफिक डाइभर्सन तथा जरूरी जानकारी उपलब्ध गराए।भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ