arrow

नगर प्रमुखको काम कारबाहीप्रति असन्तुष्ट बनेका १६ वडाध्यक्षको रिले अनसन

logo
राखी साह, 
प्रकाशित २०७५ माघ २३ बुधबार
nagar-janakpur.jpg

जनकपुर। लामो समयपछि स्थानीय जनताले जनप्रतिनीधि पाएको छ। तर जनप्रतिनीधिहरुबीच नै बिवाद बढदा स्थानीयहरु चिन्तित देखिन थालेका छन्। धनुषाकै एक मात्र उपमहानगरपालिका जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग उपमहानगरपालिकाकै वडाध्यक्षहरूले असन्तुष्टि जनाएका छन्। नगर प्रमुखको काम कारबाहीप्रति असन्तुष्ट बनेका १६ वडाध्यक्षले रिले अनसन शुरु गरेका हुन्। 

जनकुपरमा जम्मा २५ वडा छन्। आफूहरुले बुझाएको १६ बुँदे माग पुरा गर्नतर्फ उपमहानगरपालिकाले चासो नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रेको वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले बताए। उनले नगरप्रमुख साह तानाशाही शैलीमा अगाडि बढेको आरोप लगाएका छन।

संवैधानिक व्यवस्थाअनुसार अधिकार प्रत्यायोजन, दैनिक कार्य, भैपरी आउने कार्यका लागि स्वायत्त व्यवस्था, वडा कार्यालयमा आवश्यक मानवीय, भौतिक, आर्थिक संशाधनका स्वायत्त परिचालनको व्यवस्था हुनुपर्ने लगायतका मागहरु आन्दोलित वडाध्यक्षहरुले अघि सारेका छन्।

यसअघि आन्दोलित वाडाध्यक्षहरुले उपमहानगरपालिकालाई माग पुरा गर्न १३ माघसम्म अल्टिमेटम दिएका थिए। २५ मध्ये असन्तुष्ट १६ जना वडा अध्यक्षहरुले सात दिने अल्टिमेटम दिँदै २५ पौषमा १६ बुँदे माग राख्दै उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए।

माघ २१ देखि दैनिक १–१ घन्टा अवधि बढाउँदै २७ गते बिहान १० बजे देखि ६ घन्टा धर्ना दिने कार्यक्रम उनीहरुले घोषणा गरेका छन्। यस अवधिमासमेत माग सम्बोधन नभए २८ गतेर २९ गते आफूहरु २४ घण्टे रिले अनशनमा बस्ने असन्तुष्ट वडा अध्यक्षहरुले जनाएका छन्। 

यता वडा अध्यक्षहरुको आन्दोलनमा नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका कमिटिले समेत एक्येवद्धता जनाएका छन्। नगरप्रमुख एकलौटी रुपमा तानाशाही शैलीमा अगाडि बढेको जनकपुरधाम उपमहानगरपालिका नगर कमिटिका अध्यक्ष मनोज साहले बताएका छन्। नगर विकासका लागि सबै मिली अगाडि बढनुपर्ने समयमा जनप्रतिनीधिहरुबिचको विवादले नगरवासी समेत चिन्तित बनेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ