arrow

हिमपातले अत्यायो, जनजीवन प्रभावित, बाटो पनि अवरुद्ध 

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
humla-himpat.jpeg

बाजुरा । एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ । हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेको छ । 

बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ ।

हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुन अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात रोकिएको यातायात व्यवसायी बाबा गुरुङले बताए । 

बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले सडक ढाकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ