arrow

आगलागी हुदा ९ लाख बढीको क्षती

logo
जनक बोहरा,
प्रकाशित २०७५ माघ २४ बिहिबार
fire.jpeg

बाजुरा । बाजुराको गौमुल गाउँपालीका वडा न ५ मानाकोटमा आगलागी भएको छ । घरको माथिल्लो तलामा खाना पकाउने करममा आगो सोही घरको तल्लोतलामा झरेर कपडाबाट संगै दन्कीएको आगोले पुर्ण बहादुर रोकायाको घर जलेर ठुलो क्षेती पुगेको सोही पिडित रोकायाले बताए ।

स्थानीय कृष्ण बहादुर रोकायाका अनुसार घरमा आगलागी भएपछि घरमा राखीएको धान गँहु कोदो लत्ताकपडा लगाएत सबै गरेर ९ लाख बढीको सामानमा क्षेति पुगेको बताए।

घरमा सुधारीएको चुलोबाट खाना पकाई रहेको बेला चुलाको तल्लो तलाको कोठामा झरेर कपडाबाट सल्किएको हुन सक्ने उनको भनाइ रहेको छ । साथै सरस्वती महिला कृषक समुह कोटपातल सामुदाएक बज उपभोक्ता समुह नगत ८० हजार रकम समेत जलेर नष्ट भएको पिडित पुर्ण बहादुर रोकायाले बताएका छन्। साथै बाकसमा राखीएका कागजात समेत जलेर नष्ट छन् ।

आगो भने बुधबार विहान ८ बजेतिर लागेको थियो ।क्षतिको विवरण सहित प्रहरी मुचुल्का ईलाका प्रहरी कार्यलय गायँपालीका मा ल्याएका छन् । आगलागीको अवस्था हेरी पिडितलाई राहत मापडण्ड अनुसार व्यवस्था गर्ने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ