arrow

धनगढी महोत्सवमा उड्दै नेपाली विमान , भारतको निगरानि

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ माघ २४ बिहिबार
nepali-biman.jpg

धनगढी। कैलालीको धनगढीमा सञ्चालित सुन्दर सूदुर पश्चिम महोत्सवमा आकर्षण थप्न दर्शकलाई हेलिकप्टरबाट धनगढी घुमाउने योजनालाई भारतले निगरानिमा राखेको छ ।
 
नेपाली आकाशमा उडिरहेको हेलिकप्टरद्वारा जासुसी हुन सक्ने भन्दै भारतीय सुरक्षा निकाय हाई एलर्ट रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन । त्यसका साथै भारतले अन्तराष्ट्रिय कानुन र मर्यादाको प्रश्न समेत उठाएको छ । भारतले सिमा क्षेत्रभन्दा ५ कि.मी. दुरीसम्मको आकाशमा वायुयान उडाउन नागरीक उड्डयनका महानिर्देशकबाट अनुमति लिनुपर्ने समेत उल्लेख गरिएको छ ।

महोत्सवमा  नीजी विमानलाई उडान भर्न   नागरिक उड्डयन बिभागले  सहमति  नदिइ सञ्चालनमा आउनै नसक्ने कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए । उनले भने "भारती अधिकारीको यो बारे कुनै गुनासो आफुलाई प्राप्त भएको छैन ।" कैलालीको धनगढीमा आयोजित महोत्सवमा अवलोकनकर्ताहरुको आकर्षण बढाउन प्रयोग भइ रहेको  नेपाली हेलिकप्टरलाई निगरानीमा राख्न आफ्नो जिम्मेवारी रहेको भारतिय अधिकारीले जनाएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।   

नेपाली आयोजकहरुले अन्तर्राष्ट्रिय कानुन बिपरित निजी विमान सीमा क्षेत्रको ५ किमि दुरी भित्र उडान भरेको भन्दै रोष प्रकट गरेको   तर भारतले अन्तराष्ट्रिय कानुन र मर्यादाको ख्याल नगरी कञ्चनपुरको डोकेबजार स्थित सीमामा डोजर चलाइ नाली खनेको थियो । यसरी भातरले नेपालका हरेक क्रियाकलापमा निगरानी राख्ने गरेको छ । भारत आफु भने बल प्रयोग गरी सिमा क्षेत्रमा हुने आफ्ना सबै कार्यहरु सहि रहेको तर नेपालले गरेका कार्यहरु गलत भएको बताउदै त्यसमा रोक लगाउदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ