arrow

प्रदेशको योजनाले गाउँमा विवाद : एकै गाउँमा दुई सडक

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ माघ २४ बिहिबार
sadak_chanan.jpg

बझाङ। सुदूपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट यहाँको खप्तडछान्ना गाउँपालिका – ६ को बडाकोट बयाना सडक निर्माणका लागि रकम बिनियोजन हुदाँ  स्थानीयमा  विवाद देखिएको छ । वडाकोट वयाना सडक निर्माणका लागि छास्त्रबस्टीको बासगडाबाट  गत बर्ष अगाडी सडक र्निमाणको काम भई रहेको तर सो गाउँका लागि अर्को साईड वाट भालुभेल्या बयाना  सडक काट्ने काम भएपछि विवाद भएको हो । प्रदेश सरकारको बजेटबाट काट्न सुरु गरेको अर्को सडकले तल खेत सिचाई कुलो विद्युत नहर र बस्तीको ठुलो क्षेती हुने भएकाले सिम्डीगाउँका वासिन्दाले काम रोक्नका लागि जिल्ला प्रशासन र गाउँपालिकामा उजुरी दिएका छन् ।

प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट बिनियोजन भएको ३० लाखले गाउँमा लुकीछिपी अर्को समिती बनाई बयाना गाउँ सडक लिनका लागि  भालुभेल्या ठाउँबाट डोजर लगाएर सडक काट्न सुरु गरेपछि रोक्न लगाएको छ । स्थानीय भवन थापाले भने, गाउँपालिकाको रकमबाट दुई वर्ष अगाडि देखि बडाकोट बयाना सडकको काम भई रहेको छ फेरी किन अर्को सडक खोल्नु पर्यो ,यो रकमको दुरुपयोग गर्ने काम मात्र हो  ।  गाउँपालिको योजनाबाट सूरु भएको ३ किलो मिटर लम्वाई रहेको बयाना सडक गाँउपालिकाले कम क्षती हुनेगरि बाँसगडाबाट उकालो डाँडामा सात धुम्ती बनाएर दुई किलोमिटर सडक काटेको छ । २ किलो मिटर ट्याक खोली सकेको यो सडक गाउँ पुग्न अव थोरै मात्र झण्डै एक किलो मिटर छ ।

गाउँपालिकाको बजेटले काम भई रहेको तर प्रदेश सरकारको बजेटपनि त्यहाँ दिएपछि अर्को उपभोक्ता समिति बनाएर अलग ठाउँबाट सडक काट्न सुरु गरेको हो । नयाँ काट्न लागेको सडकमा विवाद भएपछि मंगलवार गाउँपालिकाका अध्यक्ष वर्क रोकायाको समन्वयमा प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय समितीका प्रमुख प्राविधिक सहित अन्य सरोकारवालाहरुको बैठक भएको थियो । दुबै पक्षसंग टोलीले कुरा गरि रहदाँ  नयाँ काट्ने सडकबाट ६ परिबारको उठिबास हुने भन्दै स्थानीय महिलाले डोका,डाला, भाडाकुडा ल्याएर सभामा आएकी थिईन् ।

‘गाउँपालिकाबाट बयाना सडक निर्माणका लागि गत बर्ष नै २० लाख बिनियोजन र यसपाली ३० लाख रकम राखेर  निर्माण कार्य सुचारु छ',खप्तड छान्ना गाँउपालीकाका अध्यक्ष वर्क रोकायाले भने, स्थानीय सरकारसँग समन्वय नै नगरि किन यहाँ बजेट दिएको होला , यसले खाली गाउँलेहरु बिच विवाद मात्र उत्पन्न गराएको उनको भनाई छ । प्रदेश सरकारले बिनियोजन गरेको योजना नत स्थानीय योजना तर्जुमा प्रकृयामा माग भएको छ खाली कार्यकर्ता लाई खर्च चलाउने हेतुले दिएको उनले आरोप लगाए  ।

 नयाँ काट्न लागेको यो सडकले   ७५ लाखमा निर्माण हुन लागेको सिम्डीगाड लघुजनबिद्युत आयोजनाको नहर भत्कने , खानेपानीमा क्षती पुग्नुका साथै ६ परिबारको उठिबास हुने र सेती लोकमार्ग समेत क्षेती हुने देखीन्छ ।  २०७३ सालमा छान्ना गुरुयोजनाका तत्कालिन संयोजक तथा हालका सुदूरपश्चिम प्रदेश शभाका सभामुख अर्जुन थापासहित गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकाया सहभागी भएको एउटा बैठकले पनि उतिबेला बासगडालाई केन्द्र मानेर बयाना सडक निर्माण गर्ने निर्णय गरेको अभिलेख छ ।

 प्रदेश सरकारको रकमले काट्ने लागेको भालुभेल्या बयाना सडक पनि बाँसगडा बयाना सडक खण्डको बयालधार डाँडामा मिल्ले छ । प्रदेश सरकारको रकम बिनियोजन गरेकै आधारमा नयाँ उपभोक्ता समिती बनाई सडकको सम्झौता , डिजायन स्टमेट  नै नगरि डोजर लगाएर सडक काट्न सुरु गरेपछि पूर्वाधार बिकास कार्यालय बैतडीले सडक निर्माण कार्य समेत रोकेको छ ।  दुई वटै सडकका उपभोक्ता समितीमा बडाकोट र बयाना गाउँका मानिसहरु भएपनि पैसाको प्रलोभन , राजनितीक स्वार्थ, निर्णय दिन नसकेका कारणले पनी एकै गाउँमा दुई सडक काट्नु पर्ने अवस्था आएको स्थानीय नरेन्द्र थापाले वताए ।

दुबै सडक स्थानीय उपभोक्ताको कमाई खाने भाँडो हुने स्थानीयको भनाई छ । खप्तड छान्ना गाउँपालिका घर भएका सुदूरपश्चिम प्रदेशका शभामुख अर्जुन थापा भएकै कारणले होला यस बर्ष मात्र जिल्लामा सवै भन्दा बढी खप्तडछान्ना गाउँपालिकामा  १२ करोड रकम विभिन्न योजनामा प्रदेश सरकारवाट आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ