arrow

धुर्मुस सुन्तलीले मलेसिया तताए

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार

काठमाडौं। चर्चित हाँस्य कलाकारद्धय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले मलेसिया तताएका छन्। गत माघ १६ गते शहीद दिवसको दिन पारेर काठमाडौको राष्ट्रिय सभा गृहमा घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ अभियानलाई लिएर मलेसिया पुगेका धुर्मुस र सुन्तलीले आफ्नो शानदार प्रस्तुतिले दर्शकको मन जितेका हुन्। 

धुर्मुस सुन्तली फाउन्डेशनको आयोजनामा चितवनम बन्ने नेपालकै सबैभन्दा ठूलो रंगशालाका लागि फाउन्डेशनका अध्यक्ष धुर्मुस र उपाध्यक्ष सुन्तली मलेलियामा रोजगारीका लागि पुगेका नेपालीहरुबाट रकम मनोरञ्जन दिएर सहयोग रकम उठाउँदै छन्। 

उनीहरुसंगै लोक गायक बद्री पंगेनी पनि पुगेका छन्। त्यसैगरी आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ्गले मलेसियाको तिनशारमा दर्शक लठ्ठ पारेका हुन्। ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ नाम दिइएको उक्त कार्यक्रम क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको हो। 

उक्त दुई शो मा धुर्मुस सुन्तलीको अभिनयलाई दर्शकले भरपुर मनोरन्जन लिए। अब क्वालालम्पुर र पेनाङ पश्चात् फेबु्रअरी १० आइतबारका दिन जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ। झन्डै तीन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ सहयोग पाउने विश्वास धुर्मुस सुन्तलीले व्यक्त गरेका छन। यसअघि घोषणा कार्यक्रमकै दि नझण्डै चार करोड रुपैयाँ संकलन भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ