arrow

रानीपोखरी काठमाडौं महानगरपालिकालाई नै बनाउन दिनुपर्छ : प्रधान 

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
bhimsendas_pradhan2.jpg

काठमाडौं । काँग्रेस नेता भीमसेनदास प्रधानले रानीपोखरी काठमाडौं महानगरपालिकालाई नै बनाउन दिनुपर्ने धारणा राखेका छन् । शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेता प्रधानले काठमाडौंको संस्कृति र परिवेशको संरक्षणको लागि जनताले जिताएका प्रतिनिधिलाई नदिएर प्राधिकरणलाई निर्माणको जिम्मा दिनुको तात्पर्य के हो ? भन्दै उनले यो निर्णय सच्याउन आग्रह गरेका हुन् । 

अर्काे प्रसंगमा उनले सरकारको भेनेजुयलामा दुईजिब्रे चरित्र देखाएको भन्दै यसमा आधिकारिक धारणा कुन् हो ? भन्दै सरकारसँग प्रतिप्रश्न गरेका छन् । उनले दुई अध्यक्ष भएको दुई पार्टीले दुईवटा कुरा गर्दा नेपालको असंलग्न परराष्ट्र नीति विरुद्ध भएको र यसले नेपालको कूटनीतिक सम्बन्ध समेत विग्रन थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । 

उनले एउटै पार्टीका दुई अध्यक्षले एउटाले अर्काेको जिब्रो लरबरिएको र अर्काेले यसमा आफ्नो अडान ठीक छ भन्नेर सरकारले कूटनीतिलाई सामान्य सम्झिएको आरोप समेत उनले लगाएका छन् । पछिल्ला केही दिन यता सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेनेजुयलाको विषयमा विज्ञप्ती निकालिएको विषयमा सार्वजनिक कार्यक्रममा नै भनाभन चलिरहेको छ । 

प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डको विज्ञप्ती गल्तीले लेखिएको भन्ने खालको अभिव्यक्ति दिँदै आएका छन् भने अर्का अध्यक्ष दाहालले यो विज्ञप्तीमा आफू अडिक रहेको धारणा व्यक्त गर्दै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ