arrow

मन कसरी नियन्त्रण गर्ने ?

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ माघ २५ शुक्रबार
dr-jaya-prakash-gupta.jpg

झापा ।  न्युरोलोजिस्ट तथा बरिष्ठ आध्यात्मिक चिन्तक डा. जयप्रकाश अग्रवाल गौरादहमा आएर संदेश मुलुक प्रवचन दिएका छन् । गौरादह जेसिजको आयोजनामा गौरादह कृषि क्याम्पसको सभा हलमा आयोजित कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाइ लक्ष्यित गरि " मन कसरी नियन्त्रण गर्ने  " भन्ने विषयमा केन्द्रित अन्तरकृयामा गौरादह नगरपालिका अन्तर्गतका विद्यालययबाट उल्लेख्य संख्यामा विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।

जीवन उपयोगी दर्शन , धर्म र बिज्ञानसँगको सम्बन्ध , सैदान्तिक र प्रयोगात्मक बिज्ञान बिचको भिन्नता आदि विषयमा करिब ७५ मिनटको व्यवहारिक प्रबचन दिदै   न्युरोलोजिस्ट डा. अग्रवालले समाज परिवर्तनका लागि आफुलाइ चिन्न नसक्नुनै ठूलो भुल हुने कुरा बताए । हरेक मानिस भित्र अपार क्षमता रहेको तर त्यस क्षमतालाई आफुले नबुझ्दा सारा विश्वपछि परेको बताए ।

उनले हरेक मानिस भित्र रहेको आफ्नो तेस्रो आँखा खोलेर मन नियन्त्रण गर्न सकिने बताए । जीवनलाई बुझ्न सके जीवन उज्यालो प्रकाशमय हुने भन्दै उनले सत्मार्गमा लागि आजैदेखि आफ्नो महत्वलाई बुझि आफ्ना सम्पुर्ण समस्याहरुलाई हलगर्न सकिने बताए।

डा. अग्रवालले कार्यक्रमको अन्त्यमा सहभागी  विद्यार्थीहरुलाई  आफ्नो जीवन परिवर्तन गर्न यहि कार्यक्रम जीवनको टर्निङ पोइन्ट बन्न सकोस भनी कामना समेत गरेका थिए । उनले  विद्यार्थीहरुलाइ भने, 'अझै पनि तिमिहरुको जीवनको अधिकांश समय बाकी छ, जीवनलाइ बुझे भबिष्य उज्ज्वल अवश्य हुनेछ ।'

कार्यक्रमका प्रशिक्षक डा. जेपी अग्रवाल एक बरिष्ठ अध्यात्मिक प्रचारक हुन ।  डा. अग्रवाल नेपाल, भारत, अमेरिका, क्यानाडा, साउथ अफ्रिका, जर्मन तथा अस्ट्रेलिया लगायतका विभिन्न अध्यात्मिक कार्यक्रमहरुमा प्रवचन दिदै हिन्दु धर्मलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्ने उनी धेरै भाषाका ज्ञाता मानिन्छन् ।

आजको प्रशिक्षणमा उनले सहभागी विद्यार्थीलाई केन्द्रीत गरि मानिसको मन र मस्तिष्कको समायोजनको बारेमा प्रष्ट पारेका थिए । आफ्नो मस्तिष्कलाई कसरी नियन्त्रण राख्न सकिन्छ र जीवनमा सफलता प्राप्त गर्न कसरी  मनलाई बसमा राख्न सकिन्छ भन्ने तथ्यपरक बिचारलाई उदाहरणसहित उनले  प्रष्ट पारेका थिए ।

सतपाल जी महाराजका वरिष्ठ सल्लाहकार समेत रहेका डा. जेपी अग्रवालको हिन्दु सनातन धर्म भित्र रहेका धार्मिक ग्रन्थहरुमा उल्लेखित रहेका तथ्यपरक मार्गदर्शन हरुलाई अपनाउन सके जीवन सहि अर्थमा सफल बन्ने बताए  ।

गौरादह जेसिज बर्ष २०१९ का अध्यक्ष माधब कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गौरादह नगरपालिका वडा न २ का वडा अध्यक्ष हेमन्त कार्कि र बिरिष्ठ अतिथि गौरादह कृषि क्याम्पस प्रमुख कृष्णहरि देबकोटा र अतिथी हरुमा प्रज्ज्वल कलेजका प्राचार्य सुरेस पौडेल , सुरज शिक्षा प्रतिस्ठानका सस्थापक भोजराज दाहाल ,  गौरादह सामुदायिक पुस्तकालय प्रमुख अम्बिका पौडेल लगायत विभिन्न विद्यालयबाट आएका प्रतिनिधि शिक्षक हरुको उपस्थिती रहेको कार्यक्रम गौरादह  जेसिज  महासचिव श्रीमती बिनिता कटवालले गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ