arrow

उपमहानगरको वडा कार्यालयमा राजश्व छली

logo
राखी साह,
प्रकाशित २०७५ माघ २५ शुक्रबार
janakpurdhan-tax.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ कार्यालयमा राजश्व छली हुने गरेको खुलासा भएको छ । वडा नम्बर ११ कार्यालयले सेवाग्राहीबाट बुझेको रकमको रसिद नदिई राजश्व छली गर्ने गरेको भेटिएका छन । उपमहानगरपालिकाकी उपमयेर रिताकुमारी मिश्रसहितको टोलीले शुक्रबार गरेको आकस्मिक अनुगमनका क्रममा वडा कार्यालयले राजश्व रकम छली गर्दै आएको खुलसा भएका छन ।

वडा कार्यालयले सेवाग्राहीबाट लिने दस्तुरको रसिद र दर्ता चलानीको तथ्यांक मिलान नभएपछि राजश्य छली हुने गरेको देखिएको हो । पछिल्लो समय माघ १५ गते कार्यालयले एक सेवाग्राहीबाट घरबाटो प्रमाणितवापत् एक हजार १० रुपैयाँ लिएको थियो । तर, वडा कार्यालयले सेवाग्राहीलाई राजश्व रसिद नदिएको भेटिएका छन ।

 यही प्रमाणका आधारमा उपमेयर झा, निमित्त प्रशासकीय अधिकृत प्रदीप साह सहितको टोली शुक्रबार वडा कार्यालय  पुग्दा अरु सेवाग्राहीलाई पनि रसिद नदिएको खुलासा भएको हो ।  एक सय २४ जना सेवाग्राहीका नाममा दर्ता चलानी गरिए पनि २७ वटा रसिद मात्र काटेको पाइएका हुन ।
प्रशासकीय अधिकृत साहले गरेको सोधपुछमा वडा कार्यालयका सचिव गौरीशंकर साहले त्रुटि भएको स्वीकार गरेका हुन् ।

यता, वडा कार्यालयका अध्यक्ष रामचन्द्र साहले आफूले सचिवमाथि विश्वास गरेर हस्ताक्षर गरेको भन्दै यसमा आफ्नो संलग्नता नरहेको बताए ।उहाँले यो कार्यमा सचिव साहले त्रुटि गरेको बताउनुभयो।

कागजपत्र चेकजाँचपछि उपमेयर मिश्रले वडा सचिवलाई सोमबारसम्ममा सबै कागजपत्र लिएर उपस्थित हुन निर्देशन दिनुभएका छन ।यसैबीच, वडा कार्यालयका सदस्यहरूले यो घटनाको छानबिन गर्न माग गरेका छन् । उनीहरूले उपमहानगरपालिकाले कारबाही नगरे अख्तियारमा निवेदन दिने चेतावनीसमेत दिएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ