वृन्दावनको निधिवनमा राती जान किन मनाही छ ?

प्रकाशित मिति : २०७५ माघ २५ शुक्रबार

काठमाडौं । भारतको धार्मिक नगरी वृन्दावन सबैभन्दा पवित्र स्थलमध्येको एक हो । यो सहरमा सबैभन्दा पवित्र स्थल मानिने निधिवन पनि यहाँ रहेको छ । यो वनमा अहिले पनि मध्यरातमा भगवान् श्रीकृष्ण र उनकी प्रियसी राधा रासलीला गर्न आउने विश्वास गरिन्छ । रासलीलापछि निधिवन परिसरमा रहेको रंग मलहमा उनीहरु शयन गर्छन् भन्ने विश्वासका साथ अहिले पनि यो महलमा प्रतिदिन प्रसाद राखिन्छ । यतिमात्र होइन की यो वनको आसपासका घरहरुमा झ्याल पनि छैन ।

रंग महलमा बिहान खाट हेर्दा राति कोही आएको र प्रसाद पनि खाएको जस्तो देखिने गरेको बताइन्छ । रातमा हुने श्रीकृष्णको रासलीला हेर्ने व्यक्ति अन्धो, अपाङ्ग, मानसिक सन्तुलन गुमाउनेलगायतका समस्याबाट ग्रसित हुने हुने कहावत छ । रात ८ बजेपछि यहाँका पशुपक्षी, बाँदर, भक्त, पुजारी सबै यहाँबाट बाहिर निस्किन्छन् र मुख्य ढोकामा ताला लगाइन्छ।

निधिवनमा १६ हजार विरुवाहरु रहेको बताइन्छ। यहाँ राती १६ हजार रानीसँग श्रीकृष्ण रासलीला रच्ने गरेको निधिवन दर्शनका गाइड बताउँछन् । बिहान ५ः३० बजे रंग महलको ढोका खोल्दा राती कोही आएर बसेको जस्तो गरी सामान बिग्रेको पाइने गरेको उनीहरु बताउँछन् ।

वास्तुशास्त्रीहरु भने वास्तवमा निधिवनको वास्तु नै त्यस्तै किसिमको रहेकोले केही रहस्यमयजस्तो लाग्ने गरेको बताउँछन् । उनीहरुका अनुसार त्यहाँका गाइड र पुजारीहरुले यसको फाइदा उठाउँदै भ्रम छरिरहेको आरोप लगाएका छन्। उनीहरुका अनुसार उक्त वनमा १६ हजार विरुवा हुन नसक्ने र मुस्किलले १६ सय हुन पनि गाह्रो छ । उक्त विरुवाहरु निकै सानो आकारको हुनाले त्यहाँ बस्न नमिल्ने भएपछि बाँदरहरु रात परे लगत्तै बाहिर निस्किने गरेको उनीहरुको भनाइ छ ।  

नैऋत्य कोणमा रहेको ठूलो कुण्डको कारण राती कोही आएर बसेको जस्तो भ्रम पैदा हुने गरेको उनीहरुको भनाइ छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ