arrow

'प्रजातन्त्र स्थापनामा स्व.बोध दादाको महत्वपुर्ण योगदान'

logo
किशोर कुमार मंडल,
प्रकाशित २०७५ माघ २५ शुक्रबार
nc_kkk.jpg

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवले प्रजातन्त्र स्थापनामा स्व.बोध दादाको महत्वपुर्ण योगदान रहेको बताएका छन । उनले प्रजातन्त्र प्राप्तिको लागि भएको संघर्षमा दादाले नेतृत्वदायी भुमिका निर्वाह गरेको बताउंदै जस्तो सुकै अवस्थामा आफनो कार्यकर्ताको मनोबललाई उच्च राख्न अविभावकीय भुमिका निर्वाह गरेको बताए ।

नेपाली कांग्रेसको ईतिहासलाई उचाईमा पुर्याउन स्व.दादाको योगदान अविश्मरणीय रहेको बताए । नेपाली कांग्रेस धनुषा ३ नं. क्षेत्रिय समितिले स्वर्गीय बोधप्रसाद घिमिरे (बोध दादा) को ३६ औं स्मृति दिवसको अवसरमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले नया पुस्ताका लागि बोध दादाको मार्ग दर्शन सदैव प्रेरणाको स्रोत हुने बताए ।

क्षेत्रीय समितिका सभापति कन्हैयालाल कर्णको अध्यक्षतामा शुक्रवार पिडरिया माईस्थान स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका पुर्व सांसद महेन्द्र मिश्र , पुर्व सांसद मोहन बराल , धनुषा जिल्ला उप सभापति संतोष यादव , बृहतर जनकपुर क्षेत्र विकास परिषदका पुर्व अध्यक्ष दिगम्बर राय , जनकपुर नगरका पुर्व उप प्रमुख किशोरी साह , महासमिति सदस्य प्रफुल्लराज घिमिरे , नेका. युवा नेता श्याम साह , जनकपुरधाम नगर सभापति मनोज साह , पुर्व क्षेत्रिय सभापति श्यामचन्द्र यादव, जिल्ला सदस्य अर्जुन चौधरी , अनिता श्रीवास्तव , गणेश झा , पत्रकार शैलेन्द्र झा लगायतका वक्ताहरुले स्व. बोध दादाको योगदानको बारेमा प्रकाश पारेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ