arrow

ओली सरकार विरुद्ध धनकुटामा महिला संघको प्रदर्शन

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
dhankuta-hq.JPG

धनकुटा । ओली सरकारको जनविरोधी निर्णयहरुको विरुद्ध नेपाल महिला संघ धनकुटाले शनिबार धनकुटामा गर्ने प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको शुक्रबार आन्दोलनको तयारीका लागी आयोजित छलफलको क्रममा जनाइएको छ ।

धनकुटाको विरोध प्रदर्शनलाई वृहत बनाउन आज तयारीको विषयमा  भएको छलफलको क्रममा  १ नम्वर प्रदेशका सांसाद तथा नेपाल मिहाल संघ धनकुटाकी अध्यक्ष लिल सुब्बा, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य तथा महिला संघका केन्द्रिय प्रतिनिधि सुमना तिम्सिना,नेपाल महिला संघकी उपाध्यक्ष अम्विका धमला,सहसचिव जानुका सुन्दास लगायतले ओली सरकारले दुई तिहाईको दम्बमा दिन प्रतिदिन जनविरोधी निर्णयहरु गर्दै आएको महंगी भष्टचार लगायत सम्पूर्ण क्षेत्रमा चर्को कर वृद्धी गरिएको र निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न नसकोले यसको सशक्त विरोध गर्न सवै लाग्नु पर्नेमा जोड दिए।

नेपाल महिाल संघ धनकुटाले ओली सरकारको विरुद्धमा  माघ २६ गते धनकुटामा वृहत विरोध प्रदर्शन गर्नका लागी नेपाली कांग्रेसको पार्टी कार्यालयमा दिनको १२ बजे भेला भै विरोध  जुलुस गर्ने त्यसको सम्पूर्ण तयारी पुरा भएको नेपाल महिाल संघ धनकुटका अध्यक्ष तथा १ नम्वर प्रदेशका सांसाद लिला सुब्बाले  वताए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ