arrow

कर्णालीको मुख्यमन्त्री शाहीमाथि ढुङगा प्रहार, लाग्यो डीआइजीलाई

logo
प्रकाशित २०७५ माघ २६ शनिबार
chief-ministr-karnali-stone-attack.jpg

सुर्खेत। कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही माथी ढुङ्गा प्रहार भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा गृष्मा व्रोडकास्टिङ्ग प्रालिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मुख्य मन्त्री महेन्द्र बहादुर शाही माथी ढुङ्गा प्रहार भएको हो।

कार्यक्रमस्थलको अगाडि ड्यासमा बसेका मुख्यमन्त्री शाहिलाई निसाना बनाउदै हानिएको ढुङ्गा सँगै बसेका डिआईजि महेश बिक्रम शाहलाई लागेको स्थानिय देउतीखबर डटकमले जनाएको छ ।

ढुङ्गा प्रहार लगत्तै मुख्यमन्त्री शाहीले स्टेजमा गित गाइरहेका गायक रामकृष्ण ढकाललाई बिचमा रोक्दै आफ्नो छोटो सम्बोधन राखेर कार्यक्रम स्थलबाट बाहिरिए। मुख्यमन्त्री शाहिमाथि ढुङ्गा प्रहार भएपछि सुरक्षा ब्यबस्था कडा पारिएको छ ।

प्रहरीले मुख्यमन्त्री शाहीमाथी ढुङ्गा प्रहार गर्नेको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ