arrow

सरकार विरुद्ध कपिलवस्तु महिला संघको बिरोध

logo
प्रकाशित २०७५ माघ २६ शनिबार
Kapilvastui-hamrakura.jpg.jpeg

कपिलवस्तु। वर्तमान केपी ओली नेतृत्वको सरकारले दुई तिहाईको दम्भ देखाउदै बर्तमान कम्युनिष्ट सरकार अधिनायकबाद तर्फ लम्किएको भन्दै कांग्रेस निकट महिला संघ कपिलवस्तुले बिरोध जनाएका छन।

सरकारले चाहिने भन्दा नचाहिने विषयलाई धेरै प्राथमिकता दिएको बक्ताहरुले आरोप लगाए। उनीहरुले ओली नेृतृत्वको सरकारले डाक्टर गोबिन्द केसीसंग गरेको संझौता बिपरित स्वास्थ्य बिधेयक पारित गरेको निर्मला हत्या काण्ड अहिले सम्म समाधान गर्न नसकेको,  महंगी भ्रष्टाचार बढेको, कृषकहरु मलखादबाट बंचित हुनु परेको लगातयका बिषयहरु जोडदाररुपमा उठाएका थिए।

सो अवसरमा संघकी केन्द्रीय सदस्य सुमित्रा शर्माले अहिलेको सरकारले २ तिहाईको नाममा धमाधम जनबिरोधी काम गरीरहेको आरोप लगाईन। उनले सरकारले संवैधानीक आयोग जस्ता निर्णयमा प्रतिपक्षको सहभागिता विना नै निर्णय गरी संविधान विरोधी कार्य गरेको आरेप लगाईन सो अवसरमा प्रदेश सदस्य तथा महिला संघकी जिल्ला सचिव रिना नेपालले महंगी नियन्त्रणमा ठोस काम नगर्दा जनता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा २ तिहाईको सरकारले जनताले सोचे अनुसारका काम गर्न नसक्ने धारणा राखिन।

उनले अहिलेको सरकार बलियो भए जन चाहना अनुसार काम गर्न नसकेको बताईन। उनले राणा, राजा, पन्चायत ढालेको काँग्रेससंग अहिलेको सरकारले निहुँ खोजेकाले अहिलेको सरकार नसच्चिए सडकबाटै सरकारलाई ढाल्ने चेतावनी दिईन।

जिल्ला समन्वय समितिकी उप प्रमुख तारावती चौधरीले  सरकारले सात महिना हुन लाग्दा पनि कन्चनपुरकी १३ बर्षिया निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु लज्जास्द कुरा भएको बताईन। यस्तै लवनीमा भएको हत्याकाण्डमा निर्दोषलाई प्रहरीले फसाएको, मर्यादपुर लगातयका बिभिन्न नाकाहरुमा प्रहरीले चेकजाचको नाममा अनावश्यक दुःख दिएको लागतका कुराहरु समेत उठान गरेका थिए।

संघकी जिल्ला सचिव रिना नेपालको अध्यक्षता, गौरा शर्मा अधिकारीको संचालनमा भएको कार्यक्रमममा कांग्रेस जिल्ला सदस्य माधव पराजुली, बसन्त कुमारी सिहं, सरिता गौतम शान्ता सापकोटा लगायतले मन्तब्य दिएका थिए।

महिंला संघले सरकारका गलत कामको जानकारी जनता माज लैजानको लागी प्रत्यक स्थानीय तहमा विरोध सभा गर्ने समेत जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ