arrow

जनकपुरधाममा फोहर गर्नेलाई एक लाख जरिवाना

logo
राखी साह, 
प्रकाशित २०७५ माघ २६ शनिबार
Janaki_Mandir_Janakpur.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाममा शनिबार सरसफाइ एक कार्यक्रममा धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले जनकपुरधाममा फोहर गरे एक लाख जरिवाना तथा ३ महिनासम्म कैद हुने बताएको छ।

शनिबार साप्ताहिक सरसफाई कार्यक्रम अन्तर्गत सफाईको समयमा  जनकपुरको रेल्वे स्टेशनमा सरसफाई गर्दै प्रमुख जिल्ला अधिकारी कडेलले जनकपुरको सार्वजनिक ठाउँमा फोहोर गरेको पाइए फोहोर साफ गर्न लगाउने तथा अटेरी गरे नजिकको प्रहरीमा वा वडा कार्यालयमा बुझाउन आग्रह गरेका हुन। 

महिला सफाई अभियानी रूवी झाको अगुवाईमा साप्ताहिक सरसफाइ कार्यक्रममा सहभागी भएको सिडिओ कडेलले उक्त कुरा लागू हुने बताए।
जनकपुर ऐतिहासिक र धार्मिक पहिचान बोकेको भन्दै मदिरा नियंत्रण तथा माछा मासु बिक्री ब्यवस्थित गर्न निर्देशन समेत दिएको हो।

सिडिओ कडेलले रेल्वे प्रांगणको वरिपरि होटल, दुकान नराख्न समेत निर्देशन दिए। सो कार्यक्रममा सिडीओ कडेलले भने, "आजदेखि रेल्वेको स्टेशनको वरिपरी लगायत जनकपुरको अन्य सार्वजनिक ठाउँमा पनि फोहर नगर्ने र गर्न नदिने आग्रह समेत जनकपुरवासीमा गर्दछु। फोहर गर्नेलाई तुरुन्त फोहर टिप्न लगाउने र अटेरि गरे वार्ड कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाई आबश्यक कार्यवाही गर्न प्रहरी अग्रसर हुनेछ।

फोहोर गर्नेलाई १ लाख जरिवानादेखी ३ महीना सम्मको कैद सजाय समेत हुन सक्नेछ। सो कार्यक्रममा जनकपुर रेल्वेको इंजीनियर बिनोद ओझा, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शत्रुध्न साह, सरसफाई अभियानी तथा बन अधिकृत सुरेश शर्मा, युवा तथा सरसफाई अभियानी अंजू साह,  इंसेकको राजू पासवान, लगायत टोलबासीहरूको सहभागिता रहेको थियो।

प्रमुख जिल्ला अधिकारी कणेलको यो अभिव्यक्ति र निर्देशनपछि जनकपुरधामको स्वच्छता अभियानलाई प्रत्यक्ष फाईदा पुग्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ