arrow

चट्ययाङले घर जलेर खरानी 

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
lightning.jpg

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–११ को चनौटेमा एउटा घर चट्याङ पर्दा नष्ट भएको छ । सो बस्तीका अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चट्ययाङले जलेर खरानी भएको हो । 

बिहानभरि परेको पानी थामिएपछि वस्तुभाउ फुकाउने र घाँसदाउराको जोहो गर्न परिवारका सबै निस्किएका बेला चट्ययाङ परेकाले मानवीय क्षति भने भएको छैन । 

दिउँसोतिर पानी थामिएकै बेला ठूलो आवाजमा परेको चट्ययाङले डिम्डोङको घर र घरमा रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडासहितका सामान भने केही नबचेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । 

बर्दिवासचोकबाट करीब ३० किलोमिटरको दूरीमा चुरे पहाडी काँठमा रहेको चनौटे बस्तीमा चट्ययाङ परेको हो । मोटरबाटो पनि राम्रो बनिनसकेको सो बस्तीमा भएको घटनाबारे बर्दिवासमा ढिलो जानकारी आउँदा प्रहरी टोली ढिलो गरी पुगेको थियो । 

घटनापछि डिम्डोङ परिवारको बिचल्ली भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ