arrow

चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
thundering-india.JPG

बैतडी। चट्याङले जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। बुधबार हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध गराएको थियो।

फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका नागरीक सञ्चार सुविधाबाट वच्चित भएका छन्। नमस्ते फोनको नेटवर्क कुनै कुनै बेला आए पनि राम्रोसँग काम नगर्ने गरेको सेवाग्राहीको भनाइ थियो। यस्तै सिगास गाउँपालिका–९ चौखामलगायत टोलमा एक हप्तादेखि नमस्तेफोनको नेटर्वक नभएको त्यहाँका बासिन्दाले बताए।

यस्तै मेलौली नगरपालिकामा पनि नमस्ते फोनको नेटर्वक नभएको भीमप्रसाद न्यौपानेले जानकारी दिनुभयो। दशरथचन्द नगरपालिकाको कटपतेमा रहेको टेलिकमको टावरमा चट्याङ परेकाले फोन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख सुरत खड्काले बताउनुभयो । अवरुद्ध फोन र इन्टरनेट सेवा आज अपरान्हसम्म सञ्चालनमा ल्याइने उहाँको भनाइ थियो । सिगास मेलौली लगायत ठाउँमा भने हिमपातका कारण फोनसेवा अवरुद्ध भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ