arrow

प्रयोगकर्ता मरेपछि फेसबुक र इन्स्टाले रेकर्ड दिन्छ, तर, ट्वीटरले किन दिँदैन   

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
Facebook_twitter_google.jpeg

काठमाडौं । धेरैको लागि एउटा सवाल नजवाफको हुनसक्छ कि मानिस मरेपछि सामाजिक सञ्जालमा रहेको उसको खाता के हुन्छ ? मानिस मरेपछि त उसको पासवर्ड त कसैलाई पनि थाहा नहुनसक्छ ? यस्तो अवस्थामा कसैले यसको दुरुपयाृग ग¥यो भने ? भन्ने सवाल पनि आउन सक्छ । तर,जीवित रहँदा कसैले सेटिङमा ध्यान दिएको खण्डमा सबै खालका सामाजिक सञ्जालहरुले त्यो प्रयोग कर्ता मरेको कुरा जानकारी पाएपछि आफैं एकाउन्ट निश्कृय गराईदिन सक्छ । ताकि प्रयोगकर्ताको सबै गोपनीयताहरु सुरक्षित होस् । यो भएको खण्डमा सामाजिक सञ्जालको कम्पनी आफैं सक्रिय भएर खाता सुरक्षित राखिदिन सक्छ । 

फेसबुक
फेसबुकमा कुनैपनि मानिसको मृत्यु भएमा फेसबुकले एकजना विश्वासिलो व्यक्तिलाई त्यो व्यक्तिको खातामा रहेको डाटा प्रदान गर्न सक्दछ । यसको पनि प३ प्रकारको प्रक्रिया हुन्छ । डाटा पाउनको लागि फेसबुकको मेमोरियलमा आफ्नो रुचाईएको व्यक्ति पहिचान गर्नुपर्छ । जसबाट अन्य प्रयोगकर्ताले गर्ने रिक्वेस्टमा अकाउन्टबाट कन्टेन्ट डाउनलोड गरेपछि त्यसलाई डिलेट गर्न सकिन्छ । फेसबुक अकाउन्टलाई मेमोरियलाइज बनाएपछि एक फ्यान पेज या डिजिटल ग्रेव जस्तो बनाईदिन सकिन्छ । जहाँ मानिसहरु केही कुरा लेख्न सक्दछन् । तर, यसमा नयाँ फ्रेण्ड भने थप्न मिल्दैन । यसमा डिलीट गरेको स्थितीमा अकाउन्टको सबै डाटाहरु मेटिन्छ । यो सबै मृत व्यक्तिको विश्वासिलो व्यक्तिले मात्रै गर्न सक्छ । 

इन्स्टाग्राम
इन्स्टाग्राममा समेत फेसबुकको जस्तै अकाउन्ट मेमोरियलाइज गर्ने तथा पूर्ण रुपमा डाटा डिलेट गर्नको लागि दुई विकल्प हुन्छ । जस्तो कि फेसबुकको जस्तै यसमा भने युजरको विश्वासिलो व्यक्ति चुन्न सकिँदैन । युजरको मृत्यु पछि परिवारका कोही पनि सदस्यले मृतकको मृत्यु पत्रको साथमा इन्स्टाग्राममा सम्पर्क गर्नुपर्छ । त्यसपछि मात्रै एकाउन्टसँग जोडिएका सबै डाटाहरु ती व्यक्तिलईै दिईन्छ । 

जिमेल तथा यूट्यूब
गूगलको इनऐक्टिव अकाउन्ट म्यानेजरमा एउटा विकल्प हुन्छ । जसले लामो समयसम्म आफ्नो एकाउन्ट एक्टिभ भएन भने त्यसमा रहेको डिजिटल डाटा दाबी गर्न सकिन्छ । यस्तो समय प्रयोगकर्ताले चाहेमा ९० दिनसम्म निष्कृय रहेको खण्डमा अर्काे एकाउन्टमा गाभ्ने विकल्प पनि गुगलमा छ । यसको अलावा परिवारको एक सदस्यले जरुरी डाटा माग्न सक्नेछन् । यसको लागि उनको मृत्युको एउटा ठोस प्रमाण भने आवश्यक पर्दछ । 
 
ट्वीटर
ट्वीटरले भने मानिसको मृत्युपछिको लागि कुनैपनि योजना ल्याएको छैन । ट्वीटरले मृत्युको प्रमाण पेश गरेर त्यो एकाउन्ट बन्द गर्नको लागि आग्रहसम्म गर्न सक्छ । तर, डाटा माग्न सक्ने अधिकार कसैसँग पनि रहँदैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ