arrow

सेनाद्वारा पुस्तकालय हस्तान्तरण

logo
रासस,
प्रकाशित २०७५ माघ २७ आइतबार
nepal-army-logo.jpg.jpeg

भीमदत्तनगर। नागरिक–सैनिक सम्बन्ध सुदृढीकरणका लागि नेपाली सेनाले आज सरस्वती पूजाको दिन विद्यालयलाई पुस्तकालय बनाएर हस्तान्तरण गरेको छ। सेनाको भगतपुर ब्यारेकस्थित सिंहशार्दुल गुल्मले कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा रहेको शान्ति माध्यमिक विद्यालयमा पुस्तकालय हस्तान्तरण गरेको हो।

पुस्तकालयलाई पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले उद्घाटन गरेका छन्। टोलकै नामबाट ‘अंशुबर्मा पुस्तकालय’ स्थापना गरिएको सिंह शार्दुल गुल्मका गुल्मपति सेनानी विदुरध्वज अधिकारीले जानकारी दिए।

पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद र सहयोगबाट प्राप्त गर्र्नाका साथै फर्निचरको समेत सेनाले व्यवस्था गरेको छ। “सेनाले नागरिकसँगको सम्बन्ध थप स्थापित गर्न विभिन्न सामाजिक काम गर्दै आएको छ।”

सोही कार्यक्रममा विद्यालयका तर्फबाट गुल्मपति अधिकारीलाई सम्मानपत्रसहित अभिनन्दन गरिएको हो। कार्यक्रममा पुनर्वास नगरपालिका–१ का वडाध्यक्ष प्रतापबहादुर चन्द, विद्यालयका प्रधानाध्यापक राजेन्द्र रोकायालगायतको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ