arrow

पानीले इँटा नष्ट

logo
रासस,
प्रकाशित २०७५ माघ २७ आइतबार
raw-brick.JPG

धादिङ। लगातार तीनदिनको वर्षाका कारण यहाँका उद्योगमा पकाउन राखेका करोडौँका इँटा नष्ट भएका छन्। पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा काम नै नलाग्ने गरी बिग्रएपछि उद्योग सञ्चालक समस्यामा परेको इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष एकराज गजुरेलले बताए।

बैंकबाट ऋण लिएर उद्योग खोलेका र इँटा बिक्री गरेर बैंकको किस्ता रकम तिर्नसमेत इँटा नष्ट भएपछि समस्या आएको उद्योग सञ्चालकले जनाएका छन्। काँच्चो इँटाको बीमासमेत नहुने र सरकारले समेत क्षतिपूर्ति नदिने भएकाले समस्या आएको हो। जिल्लामा रहेका प्रत्येक इँटा उद्योगमा १० देखि १५ लाखसम्म पकाउन तयारी गरिएका इँटा लगातारको पानीले नष्ट भएको इँटा उद्योग व्यवसायी सङ्घले जनाएको छ।

प्रतिइँटाको लागत रु सातसम्म पर्ने गरेको छ। जिल्लाभर ३७ उद्योगका करीब चार करोड काँचो इँटा रहेका र रु ३० करोड मूल्यबराबरको नोक्सानी भएको सङ्घले जनाएको छ। विसं २०६७ देखि जिल्लामा इँटा उद्योग सञ्चालनमा आएकामा सबैभन्दा बढी इँटा उद्योग धुनीबेँसी नगरपालिकामा २७ उद्योग सञ्चालनमा रहेका छन्।

यसैगरी केही दिनअघि कञ्चनपुरमा भएको वर्षात्का कारण यहाँका इँटा व्यवसायी मारमा परेका छन्। दुई दिन भएको वर्षाले जिल्लाभर रु करोड बराबरका इँटा नोक्सान भएको इँटा तथा टायल उद्योग व्यवसायी सङ्घले जनाएको छ।

सङ्घका अनुसार वर्षात्ले चट्टा लगाइएका र पोल्नका लागि तयारीमा रहेका काँचो इँटा गलेर नष्ट भएका हुन्। ठूला इँटा उद्योगमा १५ देखि २० लाख र साना उद्योगमा १० लाख इँटा नोक्सान भएको महाकाली इँटा तथा टायल उद्योग व्यवसायी सङ्घका कोषाध्यक्ष दानबहादुर रावलले बताए। कञ्चनपुरमा साना तथा ठूला इँटा उद्योग गरी ४० इँटा उद्योग सञ्चालनमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ