arrow

शिक्षिका नागमतीले पाइन न्याय 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ माघ २७ आइतबार
edu-nagamati.jpg

पुनर्वास। डेढ वर्ष देखि तलबभत्ता नपाएकी कञ्चनपुरकि एक शिक्षिकालाई पारिश्रमिक दिन जिल्ला अदालतले फैसला सुनाएको छ। 

पुनर्वास नगरपालिका २ स्थित अरनिको आधारभुत विद्यालयमा राहत कोटामा अध्यापन गर्दै आएकी शिक्षिका नागमती रानाले डेढ वर्ष देखि तलब भत्ता नगरपालिकाले  नदिए पछि उनले दिएको मुद्दाको सुनुवाइ गर्दै अदालतले फैसला जारी गरेको छ।

शिक्षिका रानाले २०७५ मंसिर १६ गते पुनर्वास नगरपालिका कार्यालय, नगरपालिकाको लेखा शाखा,शिक्षा शाखा,कार्यपालिका र विद्यालय लाई बिपक्षी बनाउदै मुद्दा  दायर गरेकी थिइन।

रानाले दिएको मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरले तलब भत्ता उपलब्ध गराउन फैसला सुनाएको छ। राहत कोटामा अध्यापन गर्दै आएकी रानालाई हटाएर स्थानीय लाई राखिएको थियो। रानालाई २०७४ साउन देखि दशै सम्मको पहिलो चौमासिकको तलब भत्ता खुवाइए पनि त्यस यताको तलब रोकिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ