arrow

दोहोरो वृद्धभत्ता लिनेमा नेकपाका नेताका बाबुआमा

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
double-bhatta.jpg

उर्लाबारी। ज्येष्ठ नागरिकलाई सरकारले सम्मान स्वरुप प्रदान गरेको वृद्ध भत्तामा समेत नेकपाका स्थानीय नेताहरूले लोभ गरेको भेटिएको छ । 

मोरङको उर्लाबारी–४ का नरपति भट्टराई उनकी पत्नी पवित्रा देवी भट्टराईले सत्तारुढ दलको सेटिङमा दुई वटा पालिकाबाट वृद्धभत्ता लिइरहेको भेटिएको हो ।

भट्टराई दम्पतिका छोरा चन्द्र भट्टराई गत स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेको तर्फबाट उर्लाबारी नगरपालिकाको वडा नं ५ मा वडाध्यक्षका उम्मेद्वार थिए । 

आर्थिक रुपमा सम्पन्न नै भए पनि भट्टराई दम्पतीले उर्लाबारीको वडा नं ४ बाट २०७१ साल देखि नयाँ फारम भरेर भत्ता लिइरहेको पाइएको छ ।

यसअघि उनीहरूले साविक टाँडी गाविसको वार्ड नं ८ बाट २०६९ साल देखि वृद्ध भत्ता लिँदै आएको रेकर्ड छ। टाँडी–८ राज्य पुनर्संरचना पछि मिक्लाजुङ ३ भएको छ।

गाउँपालिकबाट हालसम्म भट्टराई दम्पतिले बसाई सराई लिएका छैनन् । बसाई सराई नलिएसम्म वृद्ध भत्ताको सूचीबाट उनीहरूको नाम हटाउन नमिल्ने ब्यवस्था छ । तर, बसाई सराई विना नै उर्लाबारीको साविक वडा नं १ बाट भट्टराई दम्पतिको फारम कसरी भरियो ? वडाका कर्मचारी र वडाध्यक्ष नै बेखवर छन्। 

भट्टराई दम्पतिलाई दोहोरो भत्ता दिलाउन तत्कालिन गाविस कर्मचारी तेजनाथ घिमिरेको मुख्य हात रहेको जानकारहरू बताउँछन् ।   

भट्टराई दम्पति हाल उर्लाबारी–४ का मतदाता हुन्। नेकपाका केही नेताहरूको मिलेमतो र सेटिङमा भट्टराई दम्पतिले दुई स्थानबाट वृद्धभत्ता बुझेको भट्टराई दम्पतिलाई नजिकबाट चिन्नेहरू बताउँछन्। 

मिक्लाजुङ गाउँपालिका वार्ड नं ३ का वडाध्यक्ष खगेन्द्र मादेनले भने बसाई सराई नलगेसम्म लगत काट्न नमिल्ने बताए । ’उर्लाबारीबाट पनि सामाजिक सुरक्षा (वृद्ध भत्ता) लिएको जानकारी मलाई नै थिएन् । वृद्ध–वृद्धाले गलत नियत राखेर सरकारी रकम लिन्छन् भन्ने मैले कल्पना पनि गरेको थिइन ।’उनले दुई स्थानबाट भत्ता  लिएको प्रमाण पुगे एकातिरको रकम फिर्ता हुने बताए ।  

यता उर्लाबारी–४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमालले भट्टराई दम्पतिले दोहोरो वृद्धभत्ता लिएको यथार्थ बुझेर कानूनी उपचार खोज्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ