arrow

आँधीखोलालाई चिनाउन महोत्सव हुने

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ माघ २८ सोमबार
aadhikhola-.jpg

स्याङ्जा ।  स्याङ्जा चेम्बर अफ कमर्शको आयोजनामा प्रथम स्याङ्जा आँधीखोला महोत्सव हुने भएको छ । पौराणिक कथनमा आँधीखोलाको महत्वलाई देश बिदेशमा प्रचार गर्ने उद्देश्यले फागुन १७ देखि २६ सम्म महोत्सव गर्न लागिएको हो । जिल्ला सदरमुकामस्थित खेलमैदानमा हुने महोत्सवमा ३ लाख दर्शक भित्राउने लक्ष्य राखिएको छ । २ सय स्टल रहने महोत्सवमा घरेलु उत्पादन, कृषिजन्य बस्तुको प्रदर्शनी, खाना महोत्सव, जिल्लामा अत्यधिक उत्पादन हुने सुन्तला, माछा, र कफी तथा पर्यटकीय क्षेत्रको व्यवसायीक अवलोकन र प्रदर्शनी गरिने भएको छ ।

“स्याङ्जाको आँधीखोला गाउ“पालिका स्थित वाङ्सिङ्मा श्रवणकुमार मारिएको घटनालाई अझ प्रभाबकारी रुपमा प्रचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ ।” चेम्बर अफ कमर्श स्याङ्जाका अध्यक्ष नन्दकुमारी लम्साल ‘निर्मला’ले भनिन्, “आफ्ना बुवाआमालाई लिएर तिर्थाठन गर्न हिडेको समयमा सिकार खेल्न हिडेका मामा जनकले प्रहार गरेको बाण लाग्दा उनको मृत्यु भएको ऐतिहासिक पौराणिक घटना छ ।”

छोरा श्रवणकुमारको मृत्युपछि रुदै बसेका उनका अन्धाअन्धी बावुआमाको आ“शुबाट बनेर बगेको आँधीखोलाको गरिमा बढाउन महोत्सव कोशेढङ्गा हुने आयोजकको भनाई छ । महोत्सव सम्बन्धी जानकारी दिन पुतलीबजार नगरपालिका १४ स्थित सतौकोटमा पत्रकार सम्मेलन गर्दै आयोजकले देशी बिदेशी पर्यटक भित्र्याउन आँधीखोला महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे ।

५ करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको महोत्सवमा ७० लाख आम्दानी ५० लाख खर्च र २० लाख वचत गर्ने लक्ष्य राखिएको छ । वचत हुने २० लाखबाट जिल्लाका विभिन्न सामाजिक क्षेत्रमा खर्च गरिने चेम्बर अफ कमर्शका महासचिव लोकनाथ सापकोटाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा संघीय संसदका सदस्य नारायण मरासिनी, जिल्ला समन्वय समितिका अध्यक्ष सिता सुन्दास, पुतलीबजार नगर प्रमुख सिमा क्षेत्री, उपप्रमुख महेश पुरीले श्रवणकुमार, अन्धाअन्धी बावुआमा र राजा जनकका बारेमा विश्व समुदायलाई बताउन सकेमात्रै नेपालमा लाखौलाख पर्यटक आउने जिकिर गरे । पूर्विय दर्शनका बारेमा जानकारी दिन सकेपनि नेपालको विकासमा पर्यटनको भूमिका बढ्ने उनीहरुको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ