arrow

वडाध्यक्षले मनोमानी कार्यालय सारेपछि नगर प्रमुखलाई ज्ञापन पत्र

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
bajura-district.png

बाजुरा ।  बाजुराको बुढीगंगा नगरपालिका–२ र ३ वडाका स्थानीयहरुले मनोमानी रुपमा दुवै वडाका अध्यक्षहरुले आफु अनुकुल कार्यालय सारेको प्रति असन्तुष्ट जनाउदै शुक्रबार बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाहलाई वडा कार्यालय साविकको ब्रहमतोला गाविसमा राख्न माग गर्दै ज्ञापन पत्र बुझाएको स्थानीय जयराज उपाध्यायले बताए ।

साविकको ब्रहमतोला गाविस भवनमा डेढ वर्ष देखि संचालन गर्दै आएको कार्यालयको कामकाज एकाएक सोही वडाको ताँप्रा गाउँमा सारेको असन्तुष्ट जनाउदै तत्काल पुरानै स्थानमा कार्यालय राख्न माग राख्दै ज्ञापन पत्र  बुझाएको  उपाध्यायले बताएका छन् ।

वडा कार्यालय अध्यक्षद्धय हिरालाल थापा र खडक अधिकारीले वडाबासीहरुसंग वडा कार्यालय कहाँ राख्ने विषयमा छलफल नै नगरी एकाएक सारेको वडाबासीले असन्तुष्ट जनाएका छन् । वडाबासीलाई पायक पर्ने साविकको  गाविस भवन भएकाले तत्काल सोही स्थानमा कार्यालय सार्नुपर्ने वडाबासीहरुको माग रहेको छ ।

नगर प्रमुख शाहलाई वडा सारेको असन्तुष्ट जनाउने अधिकांश वडाबासी नगरपालिकामा गएर ज्ञापन पत्र बुझाउदै धर्ना र विरोध समेत गरिएको बताइएको छ ।  पत्रमा वडा कार्यालय सबैको पायक पर्ने ठाउमा हुनुपर्ने र वडा संरचना मिलान गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको छत्र रौलले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार वडा कार्यालय पुरानै ठाउँमा नराखिए वडा र नगरपालिकामा  तालाबन्दी विभिन्न आन्दोलनका कार्यक्रम गर्ने बताए  । द्वय वडाध्यक्षहरुले वडा पालिकाको बैठक बसेर कार्यालय ताँप्रामा  सार्न निर्णय भएको बताएका छन् । वडाको कार्यालय राख्ने विषयमा सोमबार २ र ३ का वडाबासीसंग आमभेला गर्ने ३ का वडाध्यक्ष खडक अधिकारीले बताए ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख दिपक विक्रम शाहले वडा सारिएको विषयमा वडा अध्यक्ष दुवै जनालाई नगरमा बोलाएर छलफल गर्ने बताएका छन् । नगर प्रमुख शाहले आइतबार नगरकार्यपालिकाको बैठक बोलाउने वडाबासीलाई आश्वासन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ