arrow

बुद्धभुमिमा सार्वजनिक सुनुवाई

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ माघ २८ सोमबार
sunwai.jpg

कपिलवस्तु  ।  बुद्धभुमि नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महांसघको समन्वमा बुद्धभुमि न पा  १ टिक्करमानगरपालिकाको चौमासिक सार्वजनीक सुनुवाई सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइृमा नागरिकले टोल फि नम्बर सुचारु गर्नु पर्ने कृषि र पशुमा लगानी गर्नु पर्ने , विद्यालयमा सेनेटरी प्याडको ब्यावस्था हुनु पर्ने ,गुणस्तरीय काम हुनु पर्ने तथा पारदर्शी हुनु पर्ने  रोगजारी मुलक उद्योग खोलेर युवाहरुलाई रोगार दिने कार्यक्रम संचालन गर्न माग गरेका थिए । भ्रष्टचार अन्त्य गर्न आफुवाटै शुरु गर्नु प्रर्ने लगाएका सुझाव दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महांसघका सदस्य मनिश कार्किले नागरिक प्रतिबेदन पेश गरेका थिए ।

 नागरिकले उठाएका जिज्ञासाको नगर प्रमुख केशव कुमर श्रेष्ठले जवाफदिदै बुद्धभुमि नगरपालिकाले जनतालाई विकासको अनुभुति दिने गरी काम अगाडी बढेको बताएका छन । स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले जनताको जिवन स्तर माथी उठाउन ,शिक्षा, स्वास्थ्य ,कृषि र पर्यटन विकास हुनु पर्ने भन्दै त्यसका लागी पुर्वाधार बन्दै गरेको बताएका छन । उनले गौरबको आयोजनाको रुपमा बुद्धभुमि नगरपालिकाका सबै गाउलाई समेटने गरि चर्कपथ निमार्ण गर्न शुरु भइसकेको बताएका छन।

मेयर श्रेष्ठले जनप्रतिनिधिले गरेका काम पारदर्शी बनाउन  ओयवसाइडमा सबै निर्णय ,सुचनाहरु राखिएको ,कर्मचारीलाई ब्यवथीत गर्न इ हाजिरी नगरपालिका ,वडा ,विभिन्न शाखा तथा स्कुलहरुमा शुरु गरेको ,दुर्घटना न्युनी करणका लागी सिसि केमरा विभिन्न चोकचोकमा राख्न लागीएको स्वास्थ्य चौकिहरुमा औषधी अभावहुन नदिन ३० लाख बजेट विनियोजन गरि खरिद गरिको । विभिन्न तालहरु मर्मत गरि आन्तरिक पर्यटन भित्राउन होमस्टे संचालन गर्न थालेको लगाएतका काम शुरु गरेको बताएका थिए ।

कार्यक्रममा लेखा अधिकृत रामचन्द्र अर्यालले यस आवको हाल सम्म चालु खर्च तर्फ १२ करोड ५० लाख २९ प्रतिशत खर्च भएको र पुजिगत तर्फ वा विकास खर्च जम्मा १करोड ५७ लाख अर्थात ५ प्रतिशत खर्च भएको बताएका थिए । यसै गरि वडा न १का वडा अध्यक्ष तेजवहादुर बस्नेत स्थानीय समस्या समाधान गर्न नागरिकको सुभाव आवश्यक रहेको बताएका थिए । पत्रकार महासंघका प्रदेश सदस्य नन्दराम पौडेलले जवाफदेही नगरको लागीसूचना मैत्री काम गर्नु पर्ने बताए ।

जानु पाण्डेको संचालन भएको कार्यक्रममा  वडा सदस्य इश्वरी प्रसाद पौडेलको स्वागत र पत्रकार महांसघका सदस्य मणी गैरेले कार्यक्रमको उद्देस्य माथि प्रकास पारेका थिए । कार्यक्रममा नागरिकहरुको तर्फवाट दिपक पन्थी प्रकाश खनाल,मोति बहादुर थापा,ओम बहादुर केसी ,दल बहादुर जिसी,बलराम भुसालराम नारायण मिश्रा लगाएतले जिज्ञासा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ