arrow

कांग्रेसको बृहत् वनभोज

logo
युबराज रेग्मी
प्रकाशित २०७५ माघ २९ मंगलबार
bhoj.jpg

झापा । झापाको कमल गाउँपालिका ३ स्थित बाल्मिकी पर्यटन क्षेत्रमा नेपाली कांग्रेस कमल गाउँ समितिको आयोजनामा सोमबार वनभोजसहितको बृहत कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ ।

साविक लखनपुर र तोपगाछी गाविसको समायोजनपछि बनेको कांग्रेसको गाउँपालिकास्तरीय समितिले पहिलो पटक वनभोजसहितको वृहत भेटघाट कार्यक्रम गरिएको कार्यक्रम संयोजक धर्मानन्द भट्टराईले जानकारी दिए ।

उक्त कार्यक्रममा गाउँपालिका अन्तर्गतका ७ वटै वडाका करिब एक हजार नेता कार्यकर्ताहरु सहभागि थिए । वनभोजसहितको भेटघाट कार्यक्रममा सहभागीहरुले मनोरञ्जन प्रदान गर्न गीत तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

पार्टीका क्षेत्रीय सचिव समेत रहेका संयोजक भट्टराईले विगतका स्थानीय तह र संसदीय चुनावमा कार्यकर्ताहरुको सक्रिय भुमिकाको कदर गर्दै पार्टी नेतृत्वले आपसमा भेटघाट सहित मनोरञ्जनात्मक कार्यक्रम गरेको बताए ।

पार्टी संगठनलाई चलायमान बनाई राख्न यस किसिमका कार्यक्रम सार्थक हुने विश्वाससहित सो कार्यक्रम गरिएको कांग्रेसका स्थानीय युवा नेता एवम गाउँपालिका अध्यक्षका प्रत्यासी हुकुमसिंह राईले बताए ।

सो कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राष्ट्रिय सभा सदस्य सरिता प्रसाई , संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु, कांग्रेसका जिल्ला नेता देउमान थेवे, संघीय संसदको चुनावका प्रत्यासी उम्मेदवार डाक्टर खगेन्द्र पाण्डव अधिकारी , प्रदेश सांसदका प्रत्यासी राजन बहादुर ढुंगाना, पार्टीको साविक झापा क्षेत्र नं ७ का सभापति ढुण्डीराज भण्डारी,पूर्णानन्द शर्मा दाहाल, दमक नगर सभापति रोशन विष्ट सहितका नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम पार्टीका गाउँ समिति संयोजक खगेन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ