arrow

१४ वर्षेको हत्या

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
Killed.jpeg

कास्की । पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको सोमबार राति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । 

बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताए । 

मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ