arrow

सडक विस्तारमा भेदभाव गरिएको स्थानीयको आरोप

logo
किशोर कुमार मंडल,
प्रकाशित २०७५ माघ २९ मंगलबार
sabaila.jpg

धनुषा । सबैला नगरपालिका वडा नं. ९ भठियनमा भईरहेको सडक विस्तारमा भेदभाव गरिएको स्थानीयहरुले आरोप लगाएका छन । स्थानीयहरुले पहिला २३ फिट रहेको सडक ३३ फिट गरिएको राम्रो रहेपनि सबै स्थानमा एक किसिमको नरहेको आरोप लगाएका छन ।

सडकको दुईटै छेउमा समान हिसाबले सडक फराकिलो गर्नुपर्नेमा काखा पाखा गरिएको स्थानीय सत्रुघन प्रसाद साहको आरोप छ । साहले नगर प्रमुखले आफनो नातेदार पर्नेहरुको घर बचाउन एकातर्फ कम र एकातर्फ बढि सडक फराकिलो बनाएको साहले गुनासो पोखेका छन ।

उनले नगरपालिकाको यस्तो रबैयाप्रति स्थानीयहरु आन्दोलन गर्न बाध्य हुने बताएका छन । यता सोही वडाका वडाध्यक्ष सुशिल कुमार रायले सडक फराकिलो र निर्माणमा कुनै किसिमको भेदभाव नगरिएको बताएका छन ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ