arrow

सीबीआईका पूर्व निर्देशकलाई सर्वोच्चको आदेश : 'अँध्यारो कुनामा दिनभरी बस्नू'

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
Suprem_cort_CBI.jpg

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले सीबीआई पूर्व निर्देशकको नाममा नयाँ खालको आदेश दिएको छ । एउटा मुद्दामा सर्वोच्चको आदेश पालना नगरेको आरोपमा अदालतले सीबीआई पूर्व अन्तरिम निदेशक नागेश्वर रावलाई एउटा अध्यारो कुनामा अदालतको मंगलबारको कारबाही चलुन्ज्याल बस्नको लागि आदेश गरेको हो । 

यो विषयमा प्रधानन्यायाधीशले नै यो मुद्दा हेरेका थिए । प्रधानन्यायाधीश रञ्जन गोगोईले रावको तर्फबाट बहस गर्न आएका महान्यायाधीवक्ता वेणुगोपालले मानहानी मुद्दामा रावलाई दोषी ठहर गर्दै केही बचाउ छ ? भन्ने प्रतिप्रश्न गरेका थिए । प्रधानन्यायाधीशको प्रश्नमा उत्तर दिँदै वेणुगोपालले रावले जानबुझ त्यस्तो निर्णय नगरेको र आफ्नो गल्तीबारे उसलाई ग्लानी समेत भएको भन्दै माफी दिन आग्रह गरेका थिए । तर, गोगोईले उनी दोषी नै रहेको ठहर गर्दै सोही फैसला गरेका हुन् । 

मुजफ्फरपुर शेल्टर होमसँग सम्बन्धित मुद्दामा अदालतले अवहेलना मुद्दामा रावको विना शर्त माफी पाउनुपर्ने भन्दै दायर गरिएको रिटमा यस्तो फैसला गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रावलाई एकलाख जरिवाना तिर्न समेत भनिएको छ । सो मात्रामा जरिवानासँगै उनलाई अदालतको पछाडि रहेको एक स्थानमा बस्न भनिएको छ । त्यो स्थान एउटा अध्यारो कुना रहेको समेत भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

के छ मामला ?
सर्वोच्च अदालतले सो मामलामा जाँच गरेका अनुसन्धान अधिकारीहरुलाई सर्वोच्चको आदेश विपरित सरुवा नगर्नको लागि आदेश भएको थियो । तर, रावले सर्वोच्चले अदालतको आदेश नलिई एके शर्मालाई सरुवा गरेपनि यो विषयमा मुद्दा परेको थियो । यस विषयमा उनले विनाशर्त माफी माग्दै सर्वोच्च अदालतमा पत्र दर्ता गराएका थिए । तर, उनलाई मंगलबार नै यस्तो आदेश दिईएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ