arrow

पत्रकार दियालीमाथि सांघातिक आक्रमण

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
diyali.jpg

सर्लाही । पत्रकार सोम दियालीमाथि आक्रमण भएको छ । सामुदायिक रेडियो सर्लाही हरिवनमा कार्यरत दियालीमाथि मंगलबार बिहान अपरिचित दुई युवकले सांघातिक आक्रमण गरेका हुन् ।

हरिवनस्थित सुखेपोखरी मन्दिर नजिक रहेको चिया पसलमा मुखमा माक्स लगाएर आएका दुई युवकले आफूमाथी आक्रमण गरेका पत्रकार दियालीले बताए। ओठ र आँखाको डिलमा गहिरो चोट लागेका पत्रकार दियालीलाई स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचारगरी काठमाडौं  रेफर गरिएको रेडियोका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए ।

आफूलाई के कति कारणले यसरी आक्रमण गरियो भन्ने बारेमा थाहा नभएको दियालले बताएका छन् । चिनजानकै एक युवकले चिया पिउनका लागि बोलाएपछि आफू हरिवनबाट सुखेपोखरी पुगेको र चिया पिउन बस्न खोज्दा आफूमाथी अचानक आक्रमण भएको पत्रकार दियालले बताए। उनलाई फोन गरेर बोलाउने युवकलाई ईलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्नहरुको नाम पहिचान भैसकेकाले खोजी तीव्र पारिएको सर्लाही प्रहरीका प्रमुख एसपी पोषराज पोखरेलले बताए ।

नेपाल प्रेस युनियनका प्रदेश पार्षद रहेका दियालीमाथी आक्रमण भएको घटनाप्रति घोर भत्र्सना गर्दै नेपाल प्रेस युनियन सर्लाही, नेपाल पत्रकार महासङ्घ सर्लाही लगायतका सञ्चार सङ्घसंगठनले प्रेस विज्ञप्ती निकालेर दोषीलाई तत्काल पक्राउगरी कडा कारवाहीको माग गरेका छन् ।

 सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी किशोर चौधरी, प्रहरी उपरीक्षक पोषराज पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले दिउँसो अस्पतालमै पुगेर पत्रकार दियालीमाथी आक्रमण गर्नेलाई तत्काल पक्राउगरी कारवाही गर्ने प्रतिवद्धता जनाए ।

घटनाप्रति प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटिले पनि दोषिलाई कडा कार्वही हुनु पर्न माग राख्दै वक्तव्य जारी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ