arrow

कञ्चनपुरका सीमा क्षेत्रमा संयुक्त गस्ती

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
APF_news.png

कञ्चनपुर । नेपाल र भारतका सीमा सुरक्षा बलले संयुक्तरुपमा सीमा क्षेत्रमा गस्ती गरेको छ ।

महाकाली नगरपालिका नजिक रहेको सीमास्तम्भ नम्बर २१ देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सीमास्तम्भ नम्बर २७ सम्म सशस्त्र प्रहरी बल आउट पोष्ट दोधारा चाँदनी र भारतीय सीमा सुरक्षा बलको संयुक्त टोलीले गस्ती गरेको हो ।

सीमा क्षेत्रमा हुने अवैध चोरी सिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रणसँगै सीमास्तम्भको सुरक्षाका लागि गस्तीको कार्य गरिएको सशस्त्र प्रहरी बल आउटपोष्टका निरीक्षक रामचन्द्र सिंहले बताए ।



नयाँ