arrow

पत्रकार महासंघ झापाको कार्यालयमा तालाबन्दी

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ फागुन १ बुधबार
tala-press.jpg

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले विधान विपरीत ५३ जना सदस्यलाई सदस्यता नवीकरण गर्न रोक लगाएकोमा आपत्ति जनाउँदै संगठनहरुले महासंघको झापा शाखाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

केही दिनअघि संघका झापा अध्यक्ष तारामणि सापकोटाले आफू संयोजक रहेको एक समिति गठन गरी महासंघका ५३ जना निष्क्रिय सदस्यलाई नवीकरण गर्न सक्रियताको कागजात मागेको थियो ।

नविकरणको म्यादको अन्तिम दिन पनि उनीहरुको सक्रियताको कागजात नआएपछि उनीहरुको नविकरण नहुने भएको हो।

तर प्रेस चौतारी र आदिवासी जनजाति पत्रकार महासंघ झापा शाखाले निष्क्रियलाई सक्रिय बनाउने भूमिका महासंघको भएको भन्दै महासंघको निर्णयप्रति आपत्ति जनाएका छन्।

प्रेस चौतारी र फोनिज झापाले प्रेस बिज्ञप्ति प्रकाशित गरी मंगलबार साँझ महासंघको विर्तामोडस्थित कार्यालयमा तालाबन्दी गरेको छ । बिज्ञप्तिमा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल र फोनिजका अध्यक्ष बिशाल नेम्बाङले हस्ताक्षर गरेका छन् । उनीहरुले सो गलत निर्णय फागुन १ गते बिहान ९ बजेसम्ममा सच्याउन माग पनि गरेका छन् ।

निर्णय सच्याउन माग गर्दे प्रेस यूनियन झापाले पनि महासंघलाई ज्ञापन पत्र दिएको छ । फागुन ३ गते हुने भनिएको साधारणसभामा सबैलाई भाग लिने अवस्था सिर्जना गर्न माग गरेको यूनियनका झापा अध्यक्ष इन्दु पूर्वेलीले जनाएकी छिन् । 

महासंघका झापा अध्यक्ष तारामणि सापकोटाले तालाबन्दीका कारण साधारण सभा अनिश्चित बनेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ