arrow

भाषण सके लगत्तै ज्यान गुमाएका गाउँपालिका अध्यक्षको शोकमा पाँचथरका स्थानीय तहमा बिदा

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
amar-kumar-newang-chairman.jpg

पाँचथर। भाषण सके लगत्तै मृत्यु भएका नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित अमरकुमार नेम्बाङको शोकमा बुधबार पाँचथरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका फालेलुङ, याङवरक, हिलिहाङ, फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका तथा फिदिम नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । नेम्वाङको निधनले जिल्लालाई अपुरणीय क्षति पुगेका कारण शोक मनाउन बिदा दिने निर्णय गरिएको हिलिहाङ गाँउपालिकाका प्रमुख भुवानीप्रसाद लिङ्देनले जानकारी दिए  ।

नेम्बाङको गाउँपालिकामा आयोजित एक कार्यक्रममा मन्तव्य राखिसक्न नपाउँदै ज्यान गएको थियो ।  गाउँपालिकाको तर्फबाट वडा नम्वर ५ गुर्वसे पञ्चमीमा आयोजित जनप्रतिनिधीको लागि क्षमता अभिवृद्धीको तालिममा प्रमुख अतिथिको मन्तव्य राखेर आफ्नो सीटमा पनि बस्न नपाउँदै अचेत भएर ढलेका नेम्बाङको होस नआइ ज्यान गएको थियो।

कार्यक्रमको मञ्चमै बेहोस भएका अध्यक्षलाई स्थानिय स्वास्थ्य कार्यकर्ताले तत्काल उपचार गर्न खोजे पनि उनको रक्तचाप लगभग शून्यमा झरेको थियो। मधुमेह र रक्तचापका विरामी रहेका नेम्बाङलाई तत्काल गाउँपालिकाको गाडीमा इलाम अस्पताल पुर्‍याइएको थियो। इलाम अस्पतालमा पुर्‍याउँदा चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।
 
२०४९ र २०५३ सालमा पनि पौवा सारतापका गाविस अध्यक्ष रहेका नेम्बाङ साहित्यिक व्यक्तित्व थिए। ७८ बर्षिय नेम्बाङ ज्लिाकै शिक्षित नेता थिए। उनले दुई विषयमा एमए सम्मको अध्ययन सकाएका थिए।  जिल्लामा बौद्धिक र इमान्दार व्यक्तित्वको रुपमा उनको परिचय थियो। जिल्लामा नेपाली कांग्रेसका सम्मानित नेताको छवी थियो नेम्बाङको ।

नेम्बाङको निधनले नेपाली कांग्रेस पाचथरले मात्र नभइ पूर्वी भेगले नै एक असल प्रभावशाली नेता गुमाएको छ। उनको निधन नेपाली काग्रेसका लागि ठूलो क्षती भएको पार्टीका स्थानिय नेता कार्यकर्ता बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ