arrow

५ नम्बर वडामा मदिरा निषेध, बाहिरबाट पिएर आए पच्चिस सय जरिवाना

logo
जनक बोहरा,
प्रकाशित २०७५ फागुन २ बिहिबार
binge-drinking.jpg

बाजुरा ।  वडिमालीका नगरपालिका वडा न ५ मनामा पूर्ण मदिरा निषेधित वडा घोषणा गरिएको छ । माघ २९ गते वडा कार्यालयमा बसेको राजनीतिक दल, समाजसेवी, बुद्धिजिवि, युवाक्लव, बालसमुह, महिला समुह लगायतको सर्वपक्षीय बैठकबाट मदिराको कारण सामाजिक शान्ति सुव्यवस्था कायम गर्न वडालाई मदिरा निषेधित गर्ने निर्णय गरेको वडाध्यक्ष बल बहादुर थापाले बताए।
 
थापाका अनुसार बाहिरबाट मदिरा सेवन गरेर होहल्ला गरेमा पहिलो पटक २५०० र पुनः पुन मदिरा सेवन गरेर होहल्ला गरेमा १ हजार थपेर कारबाही गरिने छ ।
 
त्यसैगरी वडामा मदिरा नियन्त्रण गर्नका लागि वडाध्यक्षको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै धनराज साँउदको संयोजकत्वमा ५ सदस्यीय उपसमिति पनि गठन गरिएको वडा कार्यलयले बताएको छ ।

समितिले आगामी दिनमा वडामा कोही कसैलेपनि नियम उल्लघन गरेमा ५ हजार जरिवाना गरिने र सो कार्य दोहोर्याएको पाइएमा थप १ हजार जरिवाना गरिन उपसिमितिका संयोजक धनराज साँउदले बताए।
 
मदिरा नियन्त्रणमा सबै वडाबासी लगायत सरोकारवालाको सिर्जनात्मक सहयोग रहे सामाजिक शान्ति र महिला हिंसा नियन्त्रण हुन सक्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ