arrow

खाडलमा लुकाईएको १८ केजी सुन, प्रहरी भन्छ - बिस्तृत अनुसन्धान हुँदैछ

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ फागुन २ बिहिबार
18kg-gold.jpg

पुनर्वास ।  कञ्चनपुरको भारतीय सीमान्त क्षेत्र पुनर्बास स्थित एक घर भित्र खाडलमा लुकाई राखेको अबस्थामा प्रहरीले बिहीबार १८ किलो सुन बरामद गरेको छ । जिल्लाको दक्षिणी भेगको पुनर्वास नगरपालिका २ स्थित दशरथबस्तीका शंकर बिकको घर भित्र खाल्डो भित्र लुकाई राखेको १८ किलो सुन प्रहरीले बरामद गरेको हो ।
 
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सुदिप गिरीको नेतृत्वमा सिआइबी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलिले सुन बरामद गरेको हो ।  सुदुरपश्चिम प्रदेशमै पहिलो पटक ठूलो परिणाममा सुन बरामद गरिए पनि कहाँबाट ल्याइएको हो रहस्य खुल्न सकेको छैन । शंकर बिकको घरमा कसले कहाँबाट सुन ल्याइएको हो सो बारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बमले बताए ।

बिशेष सुचनाका आधारमा प्रहरीले ठूलो परिणाममा सुन बरामद गर्न सफलता पाए पनि अहिलेसम्म सुन काण्डमा संलग्न कसैलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन  । १८ किलो सुन लुकाएर राखिएको घरका मुलि शंकर बिक प्रहरीले छापा मार्दा फरार भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक बमले बताए ।

भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बास क्षेत्र बाट लागू औषध ओसारपसारका घटना सार्वजनिक हुँदै आए पनि प्रहरीले ठूलो परिणाममा सुन बरामद गरेको पछिल्लो घटना पछि अपराधको ट्रान्जिट बन्न पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ