- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित सदगुरु कविर अनाथ वादसल्य आश्रममा अनाथ बालबालिका सहयोग नपाएर समस्यामा परेको थाहा पाएपछि नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आश्रममै पुगेर अवस्थाबारे जानकारी लिएका छन ।
आश्रमका संचालक सन्त आलोकले फालेको बच्चा ल्याएर पाल्ने गरेको भएपनि आवश्यक सहयोग कुनै निकायबाट नपाएको नेता नेपाल समक्ष गुनासो पोखेको हो । फालिएका दुई छोरा र ११ छोरीलाई हाल आश्रममा राखेर पाल्ने गरेको र स्कुल उमेरकालाई पढाउने गरेको संचालक आलोकले जानकारी गराए । संचालक आलोकले भने , ‘खाना, लत्ताकपडा, स्कुल शुल्कलगायतका सबै कुरामा करिब एकदेखि डेढ लाख रुपैयासम्म खर्च भइरहेका छन ।
आश्रमको अवस्थाबारे प्रदेश नम्बर दुई का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई जानकारी गराएर भिजिट गर्न आग्रह गरेपनि वास्ता नगरेको गुनासो गरे । पुर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आश्रमको अवस्थाबारे बुझेपछि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । यसरी अनाथ बालबालिका पाल्ने आश्रमलाई सहयोग गर्ने पहिलो दायित्व नगरपालिका, दोस्रो प्रदेश सरकार र तेस्रो केन्द्र सरकारको भएको बताए ।
नेता नेपालले यि बालबालिकालाई १२ कक्षासम्म निःशुल्क पढाउने दाता खोजेर जानकारी गराउने प्रतिवद्धता दिए । नेता नेपालले आफुसँगै सामाज कल्याण परिषदका उपाध्यक्ष निलमनी वराललाई पनि आश्रम पुगेको थियो ।
आश्रमको अवलोकन र अवस्थाबारे थाहा पाएपछि उपाध्यक्ष वरालले पनि आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यहाँबाट काठमाडौं फर्किने वित्तिकै मन्त्री ज्यु र सामाजिक संघ संस्थासँग सहयोगका लागि आवश्यक छलफल गर्ने बताए ।
आश्रम सन्त आलोकले २०६६ सालमा स्थापना गरेका हुन् । अग्रेजी विषयमा डिग्री गरेका आलोकले बच्चा फालेको देखेपछि अनाथालय संचालन गर्ने सोच बनाए। पहिलो पटक जनकपुरधाम ८ मै फालेको अवस्थामा फेला परेको नवजात शिशु राखेर अनाथलय सुरु गरे ।
हाल संचालक आलोक को अनाथ आश्रममा १३ बालबालिका पुगेका हुन् । २ बालिकालाई काठमाडौंमा मासिक ६ हजारका दरले स्कूल पढाउँछन् भने अन्य ५ बालबालिकालाई जनकपुरकै निजी स्कुलमा रकम तिरेर पढाउने गरेको संचालक आलोकको तर्क छ ।