arrow

फेरियो सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ फागुन २ बिहिबार
sudhur.jpg

दार्चुला  ।  सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ। प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो।

 सुदूरपश्चिमको दार्चुला, बैतडी, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएका हुन्। दार्चुलाको धुलिगडा केन्द्र रहेको नौगाड गाउँपालिकाको केन्द्र होपरीगाड र  लेकम गाँउपालिकाको केन्द्र  रातामाटा कायम गरिएको छ।

यस्तै बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर तोकिएको छ। पाण्डवगुफा गाँउपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डि बाजुरा तोकिएको छ। यस्तै स्वामीकार्तिक गाँउपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाई, छेदेदह गाँउपालिकाको नाम खप्तड छेदेदह गाँउपालिका राखिएको छ।

यस्तै, बझाङको काँडा गाँउपालिकाको नाम साइपाल, डोटीको वोगटान गाँउपालिकाको नाम  वोगटान–फुड्सिल, सायल गाँउपालिकाको केन्द्र ओमनगर तोकिएको छ। डडेल्धुराको नवदुर्गा गाँउपालिकाको केन्द्र सल्ला–बान्चौर राखिएको छ। बैतडीको सिगास गाँउपालिकाको केन्द्र  गर्जे राखिएको छ।  संघिय सरकारले ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ