arrow

कञ्चनपुरको क्षेत्र नम्बर १ मा कांग्रेसको चक्काजाम 

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
chakka-jam.jpg

पुनर्वास । सरकारले निर्धारण गरेको उखुको मूल्य कृषकले पाउनु पर्ने र पुनर्वासको डोकेबजारमा भएको भारतीय सीमा अतिक्रमण रोक्न सरकारले बेवास्था गरेको भन्दै नेपाली काँग्रेसले शुक्रबार बिहान दुई घन्टा चक्काजाम गरेको छ । 

सरकारले निर्धारण गरेको उखुको मूल्य दिलाउन सरकार आफै उदासिन भएको र पुनर्वासको डोकेबजारमा भएको भारतीय अतिक्रमण प्रती संघिय सरकार र प्रदेश सरकारले उदासिनता देखाएपछि काँग्रेसले बाध्य भएर साँकेतिक रुपमा २ घन्टा चक्काजाम गरिएको नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्यायले बताए । 

कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरी पुनर्वासका विभिन्न स्थानहरुमा प्रमुख प्रतिपक्षी दल काँग्रेसले बिहानैदेखि चक्काजाम गरेको हो । चक्काजाममा स्थानीय सबैको समर्थन देखिएको छ ।

साँकेतिक रुपमा आज दुई घन्टा चक्काजाम गरिएको र सरकारले माग पूरा गर्न तत्परता नदेखाए नेपाली काँग्रेसले अनिश्चितकालीन बन्द गर्न बाध्य हुने क्षेत्रीय सभापती उपाध्यायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ